काठमाडौँ- गायक तथा सर्जक शिब हमालको लोकगीत ‘निउरो’ बजारमा आएको छ। गीतमा गायक बिमल परियार र सीता श्रेष्ठले स्वर दिएका छन्। गीत बजारमा आएको केहि घण्टामा नै चर्चा बटुल्न सफल भएको छ।
गीतमा शब्द संगीत शिब हमालको रहेको छ। संगीत संयोजन आशिष अविरलको हो। सुवास खतिवडा र नम्रता सापकोटाले भिडियोमा अभिनय गरेका छन्।
भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् । नबराज उप्रेतीको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् ।
गीतलाई हमालले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन्। यसअघि उनले सुमधुर झ्याउरे लयमा संगीत गरेको ‘लालुमै’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पुर्याएको छ।
‘लालुमै’ ले अत्यधिक चर्चा पाएपछि अन्य संगीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र संगीत भर्ने गरेको पाइन्छ। ‘लालुमै’ अत्याधिक दर्शकले रुचाएको गीत हो। युट्युबमा यो गीत २ करोड ६४ लाख भन्दा धेरै पटक हेरिएको छ।
यस्तै हमालले शब्द संगीत गरेको ‘साइलो’ बोलको गीत युट्युबमा ४५ लाख भन्दा बढी पटक हेरिएको छ।
https://www.youtube.com/watch?v=uqG6C3rPNSs&feature=emb_title
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।