आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पशुपतिले ल्याए - जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर

पशुपतिले ल्याए - जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर

  • शुक्रवार, फाल्गुण २ २०७६

  • 6.7K
    SHARES

  • काठमाडौं - चर्चित गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् । ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ । राजनीतिक तथा सामाजिक विक्रिति विरुद्ध व्यङ्ग्य गरिएको गीतले विक्रिति, विसङ्गती र भ्रष्टचाररहित समाजको परिकल्पना गरेको छ । पशुपतिले गत वर्ष ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए । नेपालको राजनीतिक संस्कार र त्यसले सिर्जना गरेको अवस्थालाई तीखो व्यङ्ग्य गरेको उक्त गीतको राजनीतिक दल तथा तिनका कार्यकर्ताले चर्को विरोध गरेका थिए । संसदमा समेत चर्काचर्की बहस भएपछि पशुपतिले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए । त्यसकै अर्को भागमा रुपमा उनले ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीत ल्याएका हुन् ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०७६०६:१४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend