आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तरूण दल उपाध्यक्षले दिए प्रचण्डलाई दनक, थुतुनो सम्हाल्न चेतावनी !

तरूण दल उपाध्यक्षले दिए प्रचण्डलाई दनक, थुतुनो सम्हाल्न चेतावनी !

  • शुक्रवार, फाल्गुण २ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं– नेकपाका अध्यक्ष प्रचण्डलाई नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले गिरिजाप्रसाद कोइरालाका बारेमा जथाभावी भ्रम नछर्न चेतावनी दिएका छन्। शान्तिका नायक कोइराला र नेपाली कांग्रेसमाथि दाग लगाउने गरेर अभिव्यक्ति दिएको भन्दै चापागाईले प्रचण्डलाई चेतावनी दिएका हुन्।

    नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा बिहीबार कथित जनयुद्ध दिवसका नाममा आयोजित कार्यक्रममा प्रचण्डले स्व।गिरिजाप्रसाद कोइरालालाई तथानाम आक्षेपहरू लगाएका थिए । प्रचण्डले स्व.गिरिजाप्रसाद कोइरालाले आफूहरूलाई आक्रमण गर्न उकास्ने गरेको आरोप लगाएका छन् ।

    प्रचण्डको यो अभिव्यक्तिले शान्ति नायक गिरिजाप्रसाद कोइरालाको अपमान भएको भन्दै तरुण दलका उपाध्यक्ष चापागाइँले यस्ता अराजक अभिव्यक्तिमा लगाम लगाउन चेतावनी दिएका छन् ।

    नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकै कारण प्रचण्ड शान्ति प्रक्रियामा आएको उनले बताएका छन् ।

    शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई सबै कुराको जानकारी रहेको भन्दै चापागाइँले भनेका छन्, ‘निधन भइसकेका कोइराला विरुद्ध बोल्ने अधिकार प्रचण्डलाई छैन । शान्ति प्रक्रिया र गिरिजाप्रसाद कोइराला तथा प्रचण्डवीचका धेरै कुरा नेता कृष्णप्रसाद सिटौलालाई थाहा छ । यस्ता गलत कुरा नगर्न चेतावनी दिन चाहन्छौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण २ २०७६०३:२१:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend