शुक्रवार, फाल्गुण २ २०७६
काठमाडौं– विहिबार धुम्बराहीमा आयोजित जनयुद्ध दिवसमा प्रचण्डले तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आक्रमण थप बढाउन आग्रह गर्ने गरेको बताए। त्यसयता प्रचण्डको चर्को आलोचना भइरहेको छ। कांग्रेसले भ्रम छर्न खोजेको भन्दै आपत्ति जनाएको छ।
सामाजिक सञ्जालमा समेत प्रचण्डको आलोचना भइरहेको छ। यो विषयमा आलोचना गर्ने मध्येका एक हुन्, पूर्वमन्त्री जेपी गुप्ता। उनले सामाजिक संजाल ट्वीटरमा प्रचण्डसँग कुनै बेला काम गरेको आफुलाई पश्चताप लागेको उल्लेख गरेका छन्। उनले गिरिजाबाबुको नाम जोडेर प्रचण्डले गफ हाँकेको आरोप लगाउँदै प्रचण्डले आफैंलाई केही बाँकी नराखेको बताएका छन्। उनले प्रचण्डको अभिव्यक्तिले नेपाली राजनीति उठ्नै नसक्ने गरी गिरेको टिप्पणी गरेका छन्।
‘दिवंगत गिरिजा प्रसाद कोइरालाले आफुलाई भन्ने गरेको भनी प्रचण्डले हाँकेको गफ नेपाली राजनीतिको उठ्नै नसक्ने गरी गिरेको स्तर बताउँछ। पछिल्लो कुनै समय, केही काल, प्रचण्डसँग काम गरेकोमा अब पश्चाताप बाहेक म सँग केही रहेन। प्रचण्डले आफुलाई पनि केही बाँकी राखेन,’ गुप्ताले ट्वीटमा भनेका छन्।
दिवंगत #गिरिजाप्रसादकोईराला ले आफुलाई भन्ने गरेको भनी #प्रचण्ड ले हाकेको गफ नेपाली राजनीतिको उठनै नसक्ने गरी गिरेको स्तर बताउँछ।पछिल्लो कुनै समय,केही काल, प्रचण्डसंग काम गरेकोमा अब पश्चाताप बाहेक म संग केही रहेन।प्रचण्डले आफुलाई पनि केही बाँकी राखेन। pic.twitter.com/lLo6cPH7VS
— Jp Gupta (@JpanandaJp) February 13, 2020
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।