आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनयुद्ध दिवसमै प्रचण्डलाई पूर्वएमालेले देखाइदिए पावर, कार्यक्रम नै बहिस्कार !

जनयुद्ध दिवसमै प्रचण्डलाई पूर्वएमालेले देखाइदिए पावर, कार्यक्रम नै बहिस्कार !

  • बिहिवार, फाल्गुण १ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं– जनयुद्ध दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यलय धुम्बराहीमा बुधबार कार्यक्रमको आयोजना गरियो। जनयुद्धका शहीदको सम्झनामा ‘श्रद्धाञ्जलि सभा’को आयोजना गरिएको कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भनिएको थियो । तर, ओली नगएपछि प्रचण्डको प्रमुख आतिथ्यमा श्रद्धाञ्जलि सभा सम्पन्न गरियो । कार्यक्रममा ओलीमात्रै होइन पूर्व एमालेका शीर्षनेताहरु नै वहिस्कार गरिदिएका छन्। माधवकुमार नेपाल, झलनाथ खनाल र ईश्वर पोखरेलले कार्यक्रम बहिस्कार गरेका हुन्। यद्यपी पूर्वएमालेका नेताहरु वामदेव गौतम, प्रदीप ज्ञवाली, विष्णु पौडेलसहितका नेताहरु भने सहभागी थिए । उक्त कार्यक्रममा पूर्वमाओवादीका नेता नारायणकाजी श्रेष्ठ पनि देखिएनन् । उनी गोरखाको गएको बताइएको छ । २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष गरेको सम्झनामा तत्कालीन नेकपा माओवादीले फागुन १ लाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०७६०७:२२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend