काठमाडौं– नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मारेको हुँ भन्दै सार्वजनिक अभिव्यक्ति दिने व्यक्तिलाई किन कानुनी दायरामा नल्याइएको भन्दै प्रश्न गरेकी छिन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा, केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएको प्रसंग उल्लेख गर्दै यो प्रश्न उठाएकी हुन् ।
दाहालले पाँच हजार आफूले र १२ हजार राजामहाराजाले मारेको तर्क गरेका थिए ।
सांसद गुरुङले भनिन्, ‘पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन ।’
ठूलालाई चैन, सानालाई ऐन चरितार्थ भएको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति भनेको कानुनी राज्य र न्यायको अनुभूति दिलाउनु भएकोमा ध्यानाकर्षण गराइन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।