आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डिला संग्रौलाको कुरा सुनेर चित खाए प्रधानमन्त्री, संसदमा खैलाबैला !

डिला संग्रौलाको कुरा सुनेर चित खाए प्रधानमन्त्री, संसदमा खैलाबैला !

  • बुधवार, माघ २९ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलालले यती होलिडङ्स ग्रुपलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण माग गरेको गरेकी छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै संग्रौलाले यती होलिडङ्स ग्रुपलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण माग गरेकी हुन् । ‘यतीसँग सरकार सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु,’ उनले भनिन्, ‘साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा चार करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।’ यस्तो छ उनले बैठकमा राखेको मन्तव्यको पूर्णपाठ सम्मानीय सभामुखज्यू, पूर्वीय सभ्यता र संस्कृतिको मूल थलो नेपालबाट अलि पर तत्कालीन रोम साम्राज्यतर्फ जाउँ । शासक थिए, निरो । निरोका अरू अपराधको खासै चर्चा छैन । सन् ६४ मा आदिम सभ्यता बोकेको रोममा छ दिनसम्म भीषण आगलागी भयो । त्यो आगलागी ‘रोम जलिरह्यो, निरोले बाँसुरी बजाइरहे’ भनेर अथ्र्याइएको छ । माघ २१ गते प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा आयोजना गर्नु भएको ‘सारंगी साँझ’को तस्वीरले ज्यादै द्रबित बनायो । कल्पना गरौँ, यदि निरोको तस्वीर भइदिएको भए, त्यो तस्वीरसँग यो तस्वीर उस्तै देखिन्थ्यो होला ! तर, निरोको प्रवृत्तिसँग प्रधानन्त्रीको यो कार्य मिल्दोजुल्दो छ । सम्माननीय सभामुखज्यू, चीनमा रहेका नेपालीहरू सरकारसँग उद्दारको याचना गरिरहेका छन् । ललिता निवासको जग्गा भ्रष्टाचारमा आफ्नालाई उन्मुक्ति दिने र फरक विचार राख्नेलाई जेल पठाउने तयारी हुँदै गर्दा प्रतिपक्षी दल आन्दोलनमा छ । विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको छ । चुरेदोहन उत्कर्षमा छ । महँगी आकाशिएको छ । नागरिकको दैनिकी अस्तव्यस्त छ । तर, प्रधानमन्त्रीज्यू बाँधुरीको धुनमा मस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू अहिले मनोरञ्जन गर्ने फुर्सदमा हुनुहुन्छ । म सोच्ने गर्छु, चीनमा अलपत्र र दुरदराजका नागरिकले प्रधानमन्त्रीको संगीतमय नयाँ अवतार कसरी हेरे होलान् ! उनीहरूलाई कति लाज भयो होला ’ सम्मानीय सभामुखज्यू, अहिले यती आतंक राष्ट्रकै लागि लज्जाको विषय बनेको छ । नेपाल ट्रस्टको ऐन परिवर्तन गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको छ । नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ । पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन लिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ? यतीसँग सरकार सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०९:३३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend