आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगनले गरे दुर्लभ कुरा, कांग्रेसीहरूकाे मन छाेयाे

गगनले गरे दुर्लभ कुरा, कांग्रेसीहरूकाे मन छाेयाे

  • बुधवार, माघ २९ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापाले लोकतन्त्रमाथि चौतर्फी रुपमा प्रहार भइरहेको बताएका छन् । नेपाली कांग्रेस निकटका वैदेशिक रोजगार व्यवसायीहरूको संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नयाँ कार्यसमितिसँग बुधबार बिहान काठमाडौंमा भएको भेटघाटका क्रममा थापाले लोकतन्त्रलाई कमजोर बनाउने केही तत्व सक्रिय भएर लागेको बताए । उनले लोकतन्त्रलाई कमजोर बनाउनका लागि नेपाली कांग्रेसमाथि शिलशिलाबद्ध रुपमा प्रहार भइरहेको बताएका हुन् । नेपाली कांग्रेसका नेता थापाले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई अपब्याख्या गरेर कम्युनिस्टहरूले ससदमार्फत विधेयकहरू ल्याएर जनताका अधिकार कटौती गर्न खोजिएको बताए । यस्तो अवस्थामा कांग्रेसका भ्रातृ संस्थाहरूले जनताका अधिकार रक्षाका लागि गर्न सकिने सबै प्रकारको कार्यहरू गर्न थापाले निर्देशन दिएको फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले जानकारी दिए । फोरमको हालै सम्पन्न अधिवेशनले नरेन्द्रप्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिति दिएको थियो । नयाँ कार्यसमितिले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सहमहामन्त्री डा.प्रकाश शरण महत, केन्द्रीय सदस्य रमेश लेखकसहित नेताहरूलाई भेटेर आफूहरूको धारणा सुनाइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०७:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend