आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका पाण्डेको तर्क सुनेपछि चिच्याएर झण्डै लडे यी कम्युनिस्ट नेता

कांग्रेसका पाण्डेको तर्क सुनेपछि चिच्याएर झण्डै लडे यी कम्युनिस्ट नेता

  • बुधवार, माघ २९ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नता एवम् राष्ट्रिय सभाका सांसद बद्री पाण्डेले बालुवाटारको जग्गा आफ्नो नाममा राख्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको बचाउ गर्ने नेकपाका नेता रामनारायण बिडारीको सातो लिएका छन् । टिभी टुडे नामक टेलिभिजनको सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेसका नेता पाण्डेले नेकपाका महासचिव पौडेलको बचाउ गर्ने नेकपाका केन्द्रीय सदस्य एवम् सांसद बिडारीको सातो लिएका हुन् । पाण्डेले सातो लिएपछि नेकपाका नेता बिडारी हच्किएका थिए । नेकपाका सांसद बिडारीले बालुवाटार जग्गा प्रकरणमा महासचिव पौडेल निर्दोष रहेको भन्दै बचाउ गरेका थिए । त्यसपछि नेपाली कांग्रेसका नेता पाण्डेले भने, ‘बालुवाटारको जग्गा पचास हजार रुपियाँ आनामा पाउँदा कसरी पाइयो भनेर खोजबिन गर्नुनपर्ने ? विष्णु पौडेल बच्चा हो ? विष्णु पौडेल जस्तो व्यक्तिले मलाई थाहा भएन भनेर भन्न मिल्छ ? मिल्दैन ।’ महासचिव पौडेलले जानेरै बालुवाटारको जग्गा आफ्नो छोरा नवीन पौडेलको नाममा पास गराएको नेपाली कांग्रेसका नेता पाण्डेले बताए । नेता पौडेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्धा चलाउनुपर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाको निर्देशनमा मुद्धा नचलाएको बताए । ‘अरुलाई मुद्धा चल्दा त्यही दोष गर्ने र नेतृत्व गरेर निर्णय गर्ने प्रधानमन्त्री माधवकुमार नेपाललाई किन मुद्धा नचलाइएको हो ? माधवकुमार नेपाल र विष्णु पौडेल निर्दोष कसरी हुन सक्छन् ?’, उनले प्रश्न गर्दै भने, ‘नेकपाका नेताहरूलाई लालझण्डा ओढाएपछि सबै खत माफ हुने परम्परा झण्डै दुईतिहाइको मत जनताले दिएका होइनन् ।’ नेकपाका नेता एवम् सांसद बिडारीले नेपाली कांग्रेसका नेताहरू मात्रै दोषी र भ्रष्ट हुने भन्ने धारणा राखेपछि नेता पाण्डेले आपत्ति जनाएका थिए । नेपाली कांग्रेसका नेता पाण्डेले कम्युनिस्टहरूको भ्रष्टाचारको एकएक कुराको भण्डाफोर गरिदिएपछि नेकपाका नेता बिडारीले तर्क गर्न सकेका थिएनन् । तर्क गर्न नसकेपछि कांग्रेसलाई नानाथरी गाली गरेर चर्को स्वरले बोल्ने प्रयास गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०६:५९:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend