काठमाडौं – लामो चुनावी रस्साकस्सीपछि नेपाल चिकित्सक संघको निर्वाचनको अन्तिम मतगणना सकिएको छ ।
अन्तिम मतपरिणाम अनुसार संघको कार्यसमितिमा एक जना सदस्यबाहेक अध्यक्ष, पदाधिकारी र सदस्य पदमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलले जितेको छ । अध्यक्षमा डा. लोचन कार्कीको सानदार जीत भएको छ ।
चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा देशभरबाट ६ हजार १५७ मत खसेकोमा कार्कीले ४ हजार १११ मत प्राप्त गरेका छन् भने कम्युनिस्ट निकट पेशागत समावेशी प्यानलका उम्मेदवार डा. पुष्पमणि खरालको १ हजार ९७९ मत पाएका छन् । डा. कार्की र खरालबीच २ हजार १३२ मतान्तर देखिएको छ । लोकतान्त्रिक उम्मेदवार कार्कीले सानदार जीत निकालेका छन् ।
गत शुक्रवारदेखि सुरू भएको मतगणना मंगलवार बिहान साढे २ बजे सकिएको छ । मतगणना सकिएपनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलवार दिउँसो १ बजे हुने निर्वाचन समितिले जनाएको छ ।
कार्यसमितिमा कम्युनिस्ट समूह एक सदस्यमा सीमित भएको छ । प्रगतिशील समूहबाट डा. लिजन महर्जन सदस्यमा विजयी भएका छन् । डा. महर्जनले २ हजार ८७२ मत पाएका छन् । महर्जनले जित्दा लोकतान्त्रिक समूहका डा. विक्रान्त ढकाल पराजित भएका छन् ।
संघको ७ जना पदाधिकारी र ६ जना कार्यसमिति सदस्यसहित १३ जनाका लागि निर्वाचन भएको थियो ।
हेर्नुस् अन्तिम मतपरिणाम :
अध्यक्ष
डा. लोचन कार्की– ४१११
डा. पुष्पमणि खराल– १९७९
वरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ– २२६२
डा. शिवप्रसाद श्रेष्ठ– ३५९५
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की– ३९४५
डा. रञ्जितकुमार झा– १९५४
महासचिव
डा. बद्री रिजाल– २४३१
डा. मधुर बस्नेत– १३७८
डा. दीपेन्द्र पाण्डे– १३०१
डा. अजयकुमार मिश्र– ८६९
कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी– ३२७८
डा. सञ्जितकुमार साह– २५७९
सहसचिव
डा. निरजकुमार सिंह– ३७९०
डा. शैलेन्द्र झा– १८९४
सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी– ३९३५
डा. उदयनारायण सिंह– १९४२
सदस्य
१. अमित चतुर्वेदी– १५७४
२. डा. विक्रान्त ढकाल– २५८६
३. डा. विपेश आचार्य– २८८०
४. डा. दीपकप्रसाद कोइराला– १८६८
५. डा. जगदिशचन्द्र विष्ट– १२४९
६. डा. लिजन महर्जन– २८७२
७. डा. नन्दाकुमारी गुरुङ– ३३१६
८. डा. प्रमोद जोशी– २७९६
९. डा. प्रवीणकुमार गिरी– ७४७
१०. डा. राकेश कुमार साह – २३१३
११. डा. रितेश थापा– ३७१७
१२. डा. सञ्जिव तिवारी– ३००४
१३. डा. सुमन काफ्ले– २२२६
१४. डा. त्रिभुवन चन्द्र झा– १८१३
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।