काठमाडौं - हत्या अभियोग लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका सभामुख अग्नि सापकोटालाई ठूलो झट्का लागेको छ ।
सापकोटालाई नेपाल भ्रमणमा आउन लागेका क्यानेडियन सिनेटका सभामुख जर्ज जे फ्युरीले भेट नगर्ने भएका छन् । फ्युरीको सूचीमा सापकोटालाई भेट्ने कार्यक्रम छैन ।
क्यानेडियन सिनेटका सभामुख फ्युरीले राष्ट्रियसभा अध्यक्षसँग गणेशप्रसाद तिमिल्सिनालगायतसँग भेट गर्नेछन् ।
सापकोटाको युद्ध अपराधसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेका कारण फ्युरीले उनलाई नभेट्न लागेका हुन् ।
फ्युरीले मन्त्रीहरूलाई भेट्ने छन् । उनले सांसदहरू र अन्य उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ ।
फ्युरी र सापकोटावीच भेट गराउन संसद सचिवालय र सापकोटा निकटका केही व्यक्तिहरूले प्रयास गरेका छन् । यो समाचार तयारपार्दासम्म उनीहरूको भेटको टुंगो लागेको छैन ।
क्यानेडियन सभामुख फ्यरीले मंगलबार बिहान १० बजे कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेटघाट गर्ने कार्यक्रम छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।