आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सबै तिक्तता भुलेर एक भयो कांग्रेस, बन्न थाल्यो कम्युनिस्ट सिध्याउने योजना

सबै तिक्तता भुलेर एक भयो कांग्रेस, बन्न थाल्यो कम्युनिस्ट सिध्याउने योजना

  • सोमवार, माघ २७ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौँ - मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा सोमबार बस्ने बैठकमा अनुदारवादी कम्युनिस्ट सरकारको हर्कत र क्रियाकलापका विषयमा छलफल हुने केन्द्रीय सदस्य अतहर कमाल मुसालमानले जानकारी दिए । उनले लोकतन्त्रलाई कमजोर बनाउन कम्युनिस्ट सरकारले कांग्रेस र कांग्रेसका नेताहरूमाथि क्रमवद्ध रुपमा आक्रमण गरेको बताए । ‘हामी व्यक्तिलाई बचाउन लागेका छैनौँ । हाम्रो चासो र चिन्ता भनेको मुख्य दोषीहरूलाई नेकपाको रातो झण्डा ओढाएर बचाइयो । कांग्रेसका नेतालाई मात्रै फसाइयो भन्ने हो’, उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा दोषी पाइए कारबाही सबैलाई हुनुपर्छ ।’ नेपाली कांग्रेसलाई कमजोर बनाएपछि लोकतन्त्र कमजोर हुने र कम्युनिस्टहरूले मुलुकलाई अधिनायकवादमा लैजाने षड्यन्त्र भएको केन्द्रीय सदस्य मुसलमानले बताए । उनले विजय गच्छदार दोषी ठहरिँदा उनकै क्याबिनेटको अध्यक्षता गर्ने प्रधानमन्त्री माधवकुरमा नेपाल, जग्गाको लालपुर्जा गोजीमा राख्ने विष्णु पौडेल, मुख्य सचिव लीलामणि पौडेल कसरी निर्दोष हुन्छन् भनेर प्रश्न उठाएका छन् । देश, जनता, लोकतन्त्रलाई नेपाली कांग्रेसले मात्रै बचाउन सक्ने नेता मुसलमानले बताए । ‘अब कम्युनिस्टहरूको दमन, अत्याचार, ज्यादती, भ्रष्टाचारलाई कांग्रेसले सहेर बस्ने छैन’, उनले भने, ‘त्यसका लागि फाइनल भिडन्तको अवस्था आउँदै छ । लोकतन्त्र बचाउन कांग्रेस कम्युनिस्टहरूका विरुद्ध जनतामा जानुपर्ने समय नजिक आइसक्यो ।’ नेपाली कांग्रेसको बैठकमा पार्टीको आन्तरिक विषय र संसद र सडक आन्दोलनका विषयमा पनि छलफल हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २७ २०७६०६:३२:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend