आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट शासनमा घिनलाग्दो धन्दा : एम्बुलेन्स बिरामी सेवामा होइन, मृत चित्तल तस्करीमा !

कम्युनिस्ट शासनमा घिनलाग्दो धन्दा : एम्बुलेन्स बिरामी सेवामा होइन, मृत चित्तल तस्करीमा !

  • आइतवार, माघ २६ २०७६

  • 5.4K
    SHARES

  • काठमाडौं – बैतडी जिल्लाको डिनासैनी गाउँपालिकाको अध्यक्षमा तत्कालीन नेकपा एमालेबाट विजयी उकेन्द्रबहादुर बोहराले शासन चलाइरहेका छन् । गाउँपालिकाका सबै स्रोतसाधन र जनशक्तिमा बोहराकै नियन्त्रण र निगरानी छ । बोहराकै निगरानीमा बिरामी बोक्न प्रयोग हुनुपर्ने एम्बुलेन्सबाट प्रहरीले चित्तल तस्करी भइरहेको फेला पारेको छ । सुदूरपश्चिम प्रदेश सरकारले बिरामीलाई अस्पताल पुर्‍याउन सहज होस् भनेर वितरण गरेको एम्बुलेन्सबाट बोहरा नेतृत्वको गाउँपालिकाले मारिएका चित्तल तस्करी गर्ने गरेको खुलेको छ । मारिएको चित्तल ढुवानी गरिरहेको अवस्थामा प्रहरीेले एम्बुलेन्स चालक महेश बोहरालाई पक्राउ गरेको छ । प्रहरीले विगतदेखि नै एम्बुलेन्समा तस्करीधन्दा सञ्चालन भएको हुनसक्नेतर्फ समेत अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख दिपेन्द्र शाहीले सुदूरपश्चिम प्रदेश ०१–००१झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल ढुवानी भइरहेको बेला शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट नियन्त्रणमा लिइएको जनाएका छन् । ‘मारिएको चित्तलसहित चालक बोहरालाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो,’ शाहीले भने, ‘वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।’ वन्यजन्तु ओसारपोसारसँग सम्बन्धित मुद्दा वन कार्यालयले हेर्ने भएकाले प्रहरीले वन कार्यालयलाई बुझाउने तयारी गरेको हो । गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउँदले पक्राउ परेका चालक बोहरा, चित्तल र एम्बुलेन्सलाई ईलाका वन कार्यालय गोकुलेश्वरमा बुझाउने तयारी भइरहेको जनाएका छन् । डिलासैनी गाउँपालिकाका अध्यक्ष उकेन्द्रबहादुर बाहेराले एम्बुलेन्ससहित चालक पक्राउ परेको थाहा पाएको बताएपनि विस्तृत कुराकानी गर्न चाहेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६११:१२:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend