आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमा झण्डै भिडन्त, कम्युनिस्ट शान्ताले मच्चाइन अशान्ति, संयम बन्यो कांग्रेस

संसदमा झण्डै भिडन्त, कम्युनिस्ट शान्ताले मच्चाइन अशान्ति, संयम बन्यो कांग्रेस

  • आइतवार, माघ २६ २०७६

  • 8.3K
    SHARES

  • काठमाडौं - सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा नेपाली कांग्रेसलाई बोल्न समय नदिएर ठूलो अन्याय गरेका छन् । संसदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले आ–आफ्नो सिटमा उभिएर बोल्न समय मागेका थिए । १०–१५ मिनट आफै बोलेका सभामुख सापकोटाले नेपाली कांग्रेसलाई बोल्न समय दिएनन् । नेपाली कांग्रेसका सांसदहरूले पटक–पटक समय माग गरेर आफ्ना धारणाहरू राखने प्रयास गरेका थिए । तर, सभामुख सापकोटाले ‘मैले बोल्न समय दिएको छैन’ भनेर लाचारीपना देखाएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सापकोटालाई सभामुख नेपाली कांग्रेसले पनि समर्थन जनाएको थियो । सभामुख पद निष्पक्ष हुनुपर्छ भन्दै नेपाली कांग्रेसले उम्मेदवारी नदिएर सापकोटालाई निर्विरोध हुन सहयोग गरेको थियो । तर, सापकोटाले सभामुखमा चयन भएको तेस्रो बैठकमा आफ्नौ असली रुप देखाएका छन् । उनले नेपाली कांग्रेसका सांसदहरूलाई बोल्न दिएनन् । सापकोटाले नेपाली कांग्रेसलाई संसदभित्र ठूलो अपमान गरेका छन् । कम्युनिस्ट सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपाका नेताहरू माधवकुमार नेपाल, विष्णु पौडेल, लीलामणि पौडेललाई बालुवाटार जग्गा प्रकरणमा उन्मुक्ति दिएर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रही राखेर मुद्धा चलाएको भन्दै कांग्रेसले सडक र सदनमा आन्दोलन गर्दै आएको छ । नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रही नभएर बालुवाटार प्रकरणमा दोषी भएका सबैलाई कारबाहीको माग गर्दै आएको छ । कांग्रेसले आइतबारको संसदमा पनि अबरोध सिर्जना गरेपछि संसदको बैठक मंगलबार १ बजेसम्मका लागि स्थित भएको छ । नेपाली कांग्रेसका सांसदहरू आ–आफ्नो सिटमा उभिएर बोल्न समय माग्नुका साथै सांसद दिलेन्द्र बडुले माइकबाट बोल्न प्रयास गरेका थिए । नेपाली कांग्रेसका सांसद बडुले बोल्ने प्रयास गरिरहेका बेला सत्तापक्षको सिटमा बसेकी नेकपा सचेतक शान्ता चौधरीले नेपाली कांग्रेसको आलोचना गर्दै चर्को स्वरमा बोल्ने प्रयास गरेकी थिइन् । उनले पनि नेपाली कांग्रेसलाई संसदीय प्रक्रिया सिकाउन खोजेकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६१०:०५:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend