आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बडुले देखाए कांग्रेसको असली तागत, सभामुख ट्वा !

बडुले देखाए कांग्रेसको असली तागत, सभामुख ट्वा !

  • आइतवार, माघ २६ २०७६

  • 8.4K
    SHARES

  • काठमाडौं, माघ २६- कांग्रेसले लगातार तेस्रो पटक प्रतिनिधीसभाको बैठक अवरुद्ध बनाएको छ। सभामुख अग्नि सापकोटाले सुरुवात मै कांग्रेसले विहिबार देखि गर्दै आएको विरोधको सम्बोधन गर्ने प्रयास गरेका थिए । तर, उनको प्रयास सफल हुन सकेन। बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा उपभापति विजयकुमार गच्छदार सहित १७५ जनालाई विशेष अदालतमा मुद्दा दायर गरेको विरोधमा संसद बैठक अवरोध गर्दै आएको छ। राजनीतिक प्रतिशोध साँध्ने र असमान ढंगले मुद्दा दायर गरिएको भन्दै कांग्रेसले सडक र सदन अवरोध गदै आएको छ। कांग्रेस सांसद दिलेन्द्र बडुले माइक हातमा लिए। उनलाई सभामुखले समय भने दिएका थिएनन्। माइक अन नभइकनै बडुले आफ्ना कुरा राख्न खोजे। उनले संविधानको धारा १८ मा समानताको हकको प्रत्याभूती गरिएको तर, अख्तियारले भने सत्तापक्षका नेतालाई जोगाएर विपक्षीहरुलाई मात्रै मुद्दा दायर गरी असमान व्यवहार गरेको बताइरहेका थिए। अख्तियारको कदमलाई विदेपूर्ण भएको उनको भनाइ थियो। बडु बोलिरहँदा सभामुख सापकोटाले रोके। र सापकोटाले आफ्ना कुरा पुनः दोहोर्याए। संसद बैठक सुचारु गर्न सहयोग गर्न आग्रह गरे। तर कांग्रेसले उनको आग्रह मानेन। त्यसपछि सापकोटाले प्रतिनिधी सभाको बैठक माघ २८ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०८:४०:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend