आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्टविरुद्ध तरुण दलले गर्यो माइतीघर मण्डला कब्जा, ‘सुकुम्बासी’ नेता डराए !

कम्युनिस्टविरुद्ध तरुण दलले गर्यो माइतीघर मण्डला कब्जा, ‘सुकुम्बासी’ नेता डराए !

  • आइतवार, माघ २६ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतालाई उनमुक्ती दिएको र अन्यलाई राजनीतिक दलका नेतालाई पूर्वाग्रहका आधारमा मुद्दा चलाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले भब्य प्रदर्शन गरेको छ। दरुण दलले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो। माइतीघबाट सुरु भएको विरोध र्‍याली नयाँबानेश्वरसम्म पुगेको हो । आज कांग्रेसका भातृ संस्थाले देशैभरका जिल्ला सदरमुकाममा पनि भब्य विरोध प्रदर्शन गरेका छन्। ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्था विरोधमा उत्रिएका हुन्। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कार्यक्रममा कम्यनिस्ट सरकारको मतियार बनेको अख्तियारको हर्कतका विरुद्ध नेपाल तरुण दलले काठमाडौंसहित देशभरि आन्दोलन गरेको बताए । ‘राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने तर, प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा आफ्नो नाममा बनाउने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने कार्य कदापि सैह्य छैन’, उनले भने, ‘अख्तियारको दुराशयपूर्ण निर्णयका विरुद्ध सडक आन्दोलन गर्नु परेको बताए । नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले कार्यक्रममा सम्बोधन गर्दै कम्युनिस्ट सरकार अलोकप्रिय बन्दै गएका बेला नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न बहानामा राजनीतिक पूर्वाग्रही भएर मुद्धा लगाएर बद्नाम गर्ने षड्यन्त्रमा लागेको बताएका छन् । केहि दिन अगाडी मात्र पार्टी पदाधिकारीले केन्द्रीय कार्यालय सानेपामा भ्रातृ संस्थालाई अख्तियारको कदमविरुद्ध सडकमा उत्रन निर्देशन दिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०७:००:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend