आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कान्छारामको कामले कांग्रेसमा खुसियाली, देउवा र विश्वप्रकाशले गरे प्रसंसा

कान्छारामको कामले कांग्रेसमा खुसियाली, देउवा र विश्वप्रकाशले गरे प्रसंसा

  • आइतवार, माघ २६ २०७६

  • 5.7K
    SHARES

  • मन्थली - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामेछाप जिल्लामा शव बहान र एम्बुलेन्सहरू वितरण गरेका छन् । नेपाली कांग्रेसका नेता एवम् समाजसेवी पूर्णबहादुर तामाङ ‘कान्छाराम’द्वारा प्रदान गरिएको शव वाहन र एम्बुलेन्सहरू सभापति देउवाले हस्तान्तरण गरेका हुन् । रामेछाप जिल्लाको मन्थलीमा शनिबार आयोजित हस्तान्तरण समारोहमा सभापति देउवाले विभिन्न गाउँपालिका, नगरपालिका तथा संघ संस्थाहरूलाई शव बहान र एम्बुलेन्सहरू वितरण गरिएको हो । तामाङले नेपाली कांग्रेसका सभापति देउवामार्फत चार वटा एम्बुलेन्स र एउटा शव बहान वितरण गरेका हुन् । एम्बुलेन्स र शव बहान गाडी वितरणका लागि नेपाली कांग्रेसका युवा नेता एवम् प्रवक्ता विश्वप्रकाश शर्मा पनि मन्थली आएका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता दुजाङ शेर्पा पनि सहभागी थिए । सभापति देउवा र प्रवक्ता शर्माले गाउँका जनतालाई तामाङले गरेको योगदानको प्रशंसा गरेका थिए । नेपाली कांग्रेस रामेछापका नेता तामाङले यसअघि पनि जिल्लामा थुप्रै एम्बुलेन्सहरू वितरण गरिसकेका छन् । रामेछाप जिल्लामा तामाङले सामाजिक कार्यहरूमा आफूलाई केन्द्रित बनाउँदै आएका छन् । जिल्लामा तामाङलाई नेपाली कांग्रेसका कार्यकर्ताले मात्र नभइ अन्य दलका नेता तथा कार्यकर्ताहरूले पनि राम्रो मान्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०४:५९:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend