आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपा भित्र सुरु भयो ओली विरुद्धको अभियान, नेपालले गरे उद्घोष

नेकपा भित्र सुरु भयो ओली विरुद्धको अभियान, नेपालले गरे उद्घोष

  • आइतवार, माघ २६ २०७६

  • 5.4K
    SHARES

  • इटहरी– पार्टी समायोजन पछी एकलौटी रुपमा ओली र प्रचण्ड टिम लागेकोले आफ्नो छुट्टै हैसीयत बनाउन मोरङका नेपाल पक्षीय नेताहरुको भेला भएका छन् । मोरङमा नेपाल टिम कमजोर बन्दै गएकोले आगामी रणनिती बनाउने गरी भेटघाट भएको हो ।

    नेपाल पक्षीय एक नेताले बिद्यार्थी संगठन देखी पार्टी कमिटी सम्म आफ्नो टिमलाई बिभेद गरीएको भन्दै संघर्ष गर्न लागीएको बताए । स्थानीय स्तरमा आफुहरु संघर्ष गर्न तयार भएको र केन्द्रमा माधव कमरेडले संघर्ष गर्ने गरी योजना बनाइएको उनको भनाई छ ।

    सयौं कार्यकर्ताहरु लाई सम्बोधन गर्दै नेता नेपालले अब रणनैतीक रुपमा अगाडी बढ्नुपर्ने धारणा राखे । पार्टी भित्रका कमजोरी औल्याउने र त्यसलाई सच्याएर आफ्नो स्पेस बनाउन उनले कार्यकर्तालाई सुझाए । नेपाल पक्षको छुट्टै भेलामा पार्टी केन्द्रीय सदस्य महेश रेग्मी, नेकपा सुनसरी इन्चार्ज धर्म निरौला, सुनसरी पार्टी सचिव रमेश बस्नेत, मोरङ जिल्ला सदस्य पारुल क्षेत्री, सत्यनारायण चौधरी लगायत नेपाल पक्षीय नेतारुको उपस्थिती रहेको थियो ।

    २ घण्टा सम्म चलेको नेपाल पक्षीय भेटघाट पश्चात उनले अन्य कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । बालुवाटार जग्गा प्रकरणमा आफ्नो पनि नाम मुछीने गरेको भन्दै यो सबै झुट भएको बताए । कार्यकर्तालाई स्पष्टीकरण दिँदै उनले भ्रष्टचारीलाई कारबाही गर्दा आफ्नो सधै साथ हुने र आफुले कहिल्यै पनि त्यस्तो गलत काम नगरेको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २६ २०७६०२:४५:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend