आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अख्तियार सरकारको इशारामा चलेको कम्युनिस्ट मन्त्रीकै खुलासा

अख्तियार सरकारको इशारामा चलेको कम्युनिस्ट मन्त्रीकै खुलासा

  • शनिवार, माघ २५ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौंं – संवैधानिक व्यवस्था अनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कम्युनिस्ट सरकारको इशारामा चलेर विपक्षी पार्टीका नेतालाई सिध्याउन लागेको आरोप कांग्रेसले लगाइरहेका बेला त्यो आरोप पुष्टि हुने गरी एक कम्युनिस्ट मन्त्रीले अभिव्यक्ति दिएकी छन् । कम्युनिस्ट सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पदमाकुमारी अर्यालले अख्तियारले सरकारको प्रतिबद्धता र भाव अनुसार काम गरिरहेको बताइन् । ओली सरकारले भ्रष्टाचार शून्यमा झार्ने प्रतिबद्धता जनाए अनुसार आयोगले कमद चालेको उनले बताइन् । अख्तियारको संवैधानिक काम नै भ्रष्टाचारविरुद्ध लाग्नु भएपनि सरकारको इशारामा आयोग चलेको खुलासा मन्त्री अर्यालले गरिन् । स्याङ्जा जिल्लाको हरिनास गाउँपालिकास्थित मातृभूमि माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अर्यालले सरकारले अख्तियारमार्फत नयाँ कदम चालेको समेत खुलासा गरिन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले सरकारको इशारामा मुद्दामा फसाएको आरोप लागिरहेका बेला मन्त्री अर्यालले सरकारले अख्तियारमार्फत कदम चालिरहेको बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०७६०२:१६:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend