आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको इलाकामा हल्ला गरेपछि रञ्जु दर्शना पक्राउ

केपी ओलीको इलाकामा हल्ला गरेपछि रञ्जु दर्शना पक्राउ

  • शनिवार, माघ २५ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार क्षेत्रमा रहेको ललितानिवास अगाडि होहल्लासहित प्रदर्शन गरेपछि विवेकशील नेपाली दलकी चर्चित नेत्री रञ्जु दर्शनासहित प्रदर्शनकारी पक्राउ परेका छन् । पार्टी चलाएको ‘भ्रष्टाचारीलाई रेड कार्ड’ अभियान अन्तर्गत बालुवाटार पुगेका रञ्जु दर्शनासहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । विवेकशीलका संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशीविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु पक्राउ परेका दलकी उपाध्यक्ष अजीता राईले बताइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्गा अनियमितता प्रकरणमा संलग्न रहेका व्यक्तिलाई मुद्दा लगाउने तथा नलगाउने निर्णयमा पक्षधरता देखाएकाले अख्तियारको ध्यानाकर्षण गराउन बालुवाटार पुगेका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०७६०१:३४:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend