आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीको क्षेत्रमा पुगेका कांग्रेस नेता पौडेलले गरे नेकपाको भण्डाफोर

ओलीको क्षेत्रमा पुगेका कांग्रेस नेता पौडेलले गरे नेकपाको भण्डाफोर

  • शनिवार, माघ २५ २०७६

  • 4.9K
    SHARES

  • तेजन खड्का झापा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले बर्तमान सरकारले बहुमतको दम्भमा अख्तियारलाई समेत आफनो प्रभाबमा पारेको बताएका छन् । झापाको कमल गाँउपालिकाले शनिबार आयोजना गरेको बनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुन झापा आएका युवा नेता पौडेलले  यस्तो बताउका हुन् । मुलुकले लामो समयपछि स्थाई सरकार पाएको भएपनि ओली नेतृत्वको सरकारले जनभावना अनुरुप कामगर्न नसकेको उनले बताए । बर्तमान सरकार सत्य र तथ्यहरुलाई लुकाउदै बिचार र सिद्धान्तका आधारमा विभेदपूर्ण ढंगले अगाढि बढिरहेको पौडेलले बताए । उनले दुई तिहाईको बहुमतले निर्माण भएको सरकारले अख्तियारलाई समेत आफनो प्रभाबमा पारेर आफु अनुकुल बनाएको आरोप लगाए । कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता पौडेलले तत्कालिन अवस्थामा मन्त्रीपरिषदबाट ललिता निवास जग्गा प्रकरणमा भएको निर्णयको जिम्मेवारी सरकारले लिनुपर्नेमा सो सम्बन्धिका प्रस्तावक तत्कालिन भौतिक पूर्वाधार मन्त्रि एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई दोषि देखाउन खोज्नुले अख्तियारलाई सरकारले आफ्नो अनुकुल चलाउन खोजेको प्रष्ट भएको तर्क गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनजिविकाको सवालमा भन्दा पनि महत्वकांक्षी बनेर अघि बढेकोको छ, उनले भने‘ अब नेपाली कांग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्वाहगर्दै लोकतन्त्रको रक्षा गर्ने बेला आएको छ । ‘कांग्रेस उपसभापति, सभापति वा केन्द्रीय सदस्य जो कोही भए पनि यदि भ्रष्टाचारमा संलग्न रहेको भए कारवाही गर्ने कुरामा कांग्रेस एकमत छ’, ‘तर, मन्त्रिपरिषद्मा प्रस्ताव लाने मन्त्रीमाथि मुद्दा हालिन्छ । निर्णय गराउने प्रधानमन्त्रीलाई त्यसै छाड्ने ?उनले प्रश्न गरे । एक फरक प्रसंगमा उनले कांग्रेस भित्र गुट रहेको तर त्यो गुट कुनै ब्यक्ति बिशेष नभइ विचारको गुट भएको बताए । पार्टीलाई अझ द्रबिलो बनाउन बिचारको गुट हुन आवश्यक रहेको पौडेलको भनाई रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०७६१२:५०:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend