काठमाडौं - नेपालमा व्यवस्थापन र प्रविधिको क्षेत्रमा देखिएका चुनौती समना गर्न दक्ष जनशक्तिको अभाव रहेको विज्ञहरुले औल्याएका छन् ।
मेगा नेशनल कलेज, कुमारीपाटी ललितपुरले काठमाडौंमा आयोजना गरेको ‘व्यवस्थापन र प्रविधिका सवालहरु’ विषयक कार्यशालाका सहभागीहरुले व्यवस्थापन कलेजहरुले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।
कार्यशालामा मेगा नेशनल कलेज, कुमारीपाटी ललितपुरको व्यवस्थापन संकायमा अध्ययनरत २ सय विद्यार्थी सहभागि थिए ।
कार्यशालामा बोल्दै त्रिभुवन विश्वविद्यालयको बीबीए कार्यक्रमका निर्देशक डा. गोपाल थापाले नेपालमा व्यवस्थापन र प्रविधिको क्षेत्र फराकिलो बन्दै गएको तथा अवसरका ढोकाहरु खुलेको बताउनुभयो । ‘बदलिदो विश्व परिवेशमा व्यवस्थापन र प्रविधि सबैका लागि अपरिहार्य बनेको छ । त्यसैले यस क्षेत्रमा बढीभन्दा बढी जनशक्ति उत्पादन गर्नुपर्छ । यस्ता कार्यशालाले त्यसमा टेवा पुर्याउँछ ।’ थापाले भने ।
मेगा नेशनल कलेजका प्राचार्य डा.घनश्यामप्रसाद साहले कार्यशालामा प्रस्तुत गरिएका ४० वटा कार्यपत्रले व्यवस्थापन र प्रविधिका सवालहरुबारे सटिक विश्लेषण गरेको बताए ।
‘विद्यार्थीले तयार पारेको यी कार्यपत्रहरु नेपालको बौद्धिकवृत्तको अमूल्य निधि हो । व्यवस्थापन र प्रविधिका क्षेत्रमा अझ सघन खोज र अनुसन्धानहरु गर्न उत्प्रेरणा मिलेको छ ।’, साहले भने । कार्यशालमा बीबीएम, बीसीए र एमबिएसका विद्यार्थीहरुले शोधपत्र प्रस्तुत गरेका थिए । सहभागी विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहार उपयोगी बनाउन र विश्वव्यापी अर्थतन्त्रबारे जानकारी लिन कार्यशाला फलदायी भएको बताए ।
मेगा नेशनल कलेज कुमारी पार्टी ललितपुरले व्यवस्थापन र प्रविधिको सवालमा निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरु गर्दै आएको छ । मेगा कलेजले हालै १५ बढी देशका प्राध्यापकहरुको सहभागितामा व्यवस्थापनबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।