आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एयरलाइन्समा लाग्यो कम्युनिस्ट शासन ! सस्तोमा टिकट बेचे ठाँउको ठाउँ कारबाही

एयरलाइन्समा लाग्यो कम्युनिस्ट शासन ! सस्तोमा टिकट बेचे ठाँउको ठाउँ कारबाही

  • शनिवार, माघ २५ २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं– अब सरकारले विमान कम्पनीहरुले तोकिएभन्दा कम शुल्कमा यात्रुलाई टिकट बिक्री गरे कारबाही गर्ने भएको छ। सरकारले विमान कम्पनीहरुले यात्रुलाई तोकिएभन्दा सस्तो दरमा टिकट बिक्री गरे कारबाही गर्ने राष्ट्रिय हवाई नीति २०७६ को मस्यौदामा उल्लेख गरेको छ ।

    मन्त्रिपरिषदबाट स्वीकती पाइ संसदमा जाने क्रममा रहेको मस्यौदामा सरकारले तोकेको सीमाभन्दा बाहिर गई टिकट बिक्री गर्न पाउने छैनन् । सरकारले यसलाई अस्वस्थ प्रतिष्पर्धालाई रोक्न यस्तो नीति आवश्यक रहेको बताएको छ ।

    ‘नेपाल नागरिक उड्डयन प्राधिकरको सिफासिरको आधारमा अधिकतम र न्यूनतम सीमा तोकी प्रत्येक उडान खण्डको आन्तरिक सेवाको हवाई भाडा मन्त्रालयले निर्धारण गर्नेछ,’ नीतिमा भनिएको छ, ‘मन्त्रालयले तोकेको आन्तरिक हवाई भाडाका सीमाभित्र रही सेवा सञ्चालन नगर्ने र अस्वस्थ प्रतिष्पर्धा गर्ने वायुसेवाहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरी कानूनी कारबाही गर्न सक्नेछ ।’

    नीतिमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत तथा वायुयान सञ्चालन प्रमाणपत्र प्रदान गर्दा संस्थाको व्यवस्थापकीय, आर्थिक तथा प्राविधिक पक्षको विश्वसनीयता र मूल्यांकनको आधारमा स्वस्थ र प्रतिष्पर्धात्मक रुपमा भाग लिन सक्ने गरी पारदर्शी बनाइने र द्विपक्षीय वा बहुपक्षीय हवाई सेवा सम्झौता तथा समझदारीपत्र अनुसार मार्गसारिणी, उडान संख्या, सिट क्षमता तथा ट्राफिक अधिकारको प्रावधानलाई समेत दृष्टिगत गरी सो अधिकारको पारदर्शी रुपमा वितवरण गरिने उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०७६०३:२९:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend