शनिवार, माघ २५ २०७६
इटहरी– इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले ४५ लाख कमिसन मागेको आरोप लागेको छ। नेकपा इटहरीका नेता तथा इटहरी साना शहरी तथा खानेपानी आयोजनाका अध्यक्ष रामप्रसाद चौलागाईंले मेयर चौधरीले ४५ लाख कसिमन मागेको आरोप लगाएका छन्। भ्रष्टाचार विरोधी भनेर चर्चा पाएका चौधरीले चुनाव र छोराको विवाहको ऋण तिर्न ४५ लाख रुपैँया मागेको चौलागाईँको अरोप छ।
लामो समयदेखि उनै चौलागाईंविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका मेयर चौधरीले उनैलाई भ्रष्टाचारको आरोप लगाएका थिए। खानेपानीमा भ्रष्टाचार गरेको भन्दै चौलागाईंलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए। उनै मेयर चौधरीले नगर प्रहरी खटाएर चौलागाईंलाई पक्राउ गर्न लगाएका थिए। बिहान १० बजेदेखि परिचालित नगर प्रहरीले दिनभरि चौलागाईंलाई खोजेको थियो।
नेकपा नेता माधवकुमार नेपाल आउने कार्यक्रममा पनि चौलागाईं पुग्न सक्ने भन्दै नगर प्रहरीलाई त्यतै पठाए। चौलागाईंले फेसबुकमार्फत कमिसन नदिएर मेयर चौधरी आफूमाथि जाइ लागेको आरोप लगाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।