आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस निकट प्यानल सानदार जीत निकाल्दै, कम्युनिस्टभन्दा दोब्बर अगाडि !

कांग्रेस निकट प्यानल सानदार जीत निकाल्दै, कम्युनिस्टभन्दा दोब्बर अगाडि !

  • शनिवार, माघ २५ २०७६

  • 4.1K
    SHARES

  • काठमाडौं – नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवारले सानदार जीत निकाल्ने भएका छन् । हालसम्म भएको १ हजार ३११ मत गणनामा लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार डा. लोचन कार्की झण्डै दोब्बर मतले अगाडि देखिएका छन् । कम्युनिस्ट निकट प्यानलका उम्मेदवार डा. पुष्पमणि खराल धेरै पछाडि देखिएका छन् । अध्यक्ष पदमा डा. लोचन कार्कीले ८२१ मत ल्याउँदा डा. पुष्पमणि खरालले ४७८ मत मात्रै पाएका छन् । हालसम्मको मतपरिणाम हेर्दा कांग्रेस निकट लोकतान्त्रिक उम्मेदवारको जीत निश्चित देखिएको छ । वरिष्ठ उपाध्यक्षमा डा. रक्षा श्रेष्ठको ४८४ र डा. शिवप्रसाद श्रेष्ठको ७६७ मत आएको छ । उपाध्यक्षमा डा. अनिलविक्रम कार्कीले ९१० मत ल्याउँदा डा. रञ्जितकुमार झाले ३५५ मत मात्रै पाएका छन् । महासचिवमा डा. बद्री रिजालले ५४८ मत ल्याएका छन् भने डा. मधुर बस्नेतले ३९०, डा. दीपेन्द्र पाण्डेले २३२ र डा. अजयकुमार मिश्रले ११४ मत पाएका छन् । कोषाध्यक्ष पदमा डा. प्रकाश बुढाथोकील ७३९ र डा. सञ्जितकुमार साहले ५०७ मत पाएका छन् । सहसचिव पदमा डा. निरजकुमार सिंहले ८०७ र डा. शैलेन्द्र झाले ४०९ मत पाएका छन् । सहकोषाध्यक्षमा डा. विश्वराज दवाडीले ८७४ मत ल्याउँदा डा. उदयनारायण सिंहले ४०४ मत पाएका छन् । सदस्य पदमा अमित चतुर्वेदीले ३५९, डा. विक्रान्त ढकालले ५५९, डा. विपेश आचार्यले ६०८, डा. दीपकप्रसाद कोइरालाले ५०४, डा. जगदिशचन्द्र विष्टले ३७२, डा. लिजन महर्जनले ६१५, डा. नन्दाकुमारी गुरुङले ७४३, डा. प्रमोद जोशीले ५९९, डा. प्रवीणकुमार गिरीले १३८, डा. राकेशकुमार साहले ४०५, डा. रितेश थापाले ६७२, डा. सञ्जिव तिवारीले ६०२, डा. सुमान काफ्लेले ५६० र डा. त्रिभुवनचन्द्र झाले ३६० मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २५ २०७६०२:३७:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend