आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विजयकुमार गच्छदारलाई अर्काे आपत : अख्तियारले मागेको ९ करोड कहाँबाट ल्याउने ?

विजयकुमार गच्छदारलाई अर्काे आपत : अख्तियारले मागेको ९ करोड कहाँबाट ल्याउने ?

  • शुक्रवार, माघ २४ २०७६

  • 4.0K
    SHARES

  • काठमाडौं – बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेस उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद निलम्बन मात्रै भएन, उनलाई अर्काे आपत आइलागेको छ । नेपाली कांग्रेस संसदीय दलको शुक्रवार बसेको बैठकमा बोल्दै उपसभापति गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अख्तियारले माग गरेको बिगो तिर्ने रकम नभएको गुनासो समेत सुनाएका छन् । गच्छदारले आफूले भ्रष्टाचार नगरेको दाबी समेत बैठकमा गरेका छन् । ‘अख्तियारले मागेको ९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन ?’ गच्छदारले भने, ‘३० वर्ष सांसद बनें । कुनै दोष लागेन । अहिले मेरो राजनीति सिध्याउन सुनियोजित रूपमा मुद्दा दायर भयो ।’ बैठकमा गच्छदारले आफूविरुद्ध लागेको भ्रष्टाचार मुद्दा पार्टीमाथिको आक्रमण भएको बताएका छन् । ‘मुद्दा पार्टीको विषय हो । पार्टीको विषय भए पनि ममाथि आक्रमण भएकाले मलाई बढी पीडा हुनु स्वाभाविक हो,’ उनले भने, ‘मैले भ्रष्टाचार नै गरेको छैन । ललिता निवास प्रकरणमा भौतिक मन्त्रालय सरोकारवाला मन्त्रालय पनि होइन । यो राजनीतिक पूर्वाग्रहबाट भएको निर्णय हो भन्ने स्पष्ट छ ।’ ललिता निवास प्रकरणलाई आफूले चर्काे रूपमा उठाएपछि सरकारले प्रतिशोध साँध्न अख्तियार आयोगलाई प्रभावित पारेर मुद्दा चलाएको दाबी गरे । ‘ललिता निवासबाट कुनै लाभ लिएको भए म जस्तोसुकै सजाय भोग्न तयार छु । यो ममाथिको प्रहार हो,’ गच्छदारले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६०४:०७:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend