आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चितवन पुगेर गगनले राख्दिए प्रधानमन्त्री ओलीको नाम 'गफाडी'

चितवन पुगेर गगनले राख्दिए प्रधानमन्त्री ओलीको नाम 'गफाडी'

  • शुक्रवार, माघ २४ २०७६

  • 7.4K
    SHARES

  • चितवन – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीले आफुले बोलेका कुरा पनि पुरा नगरेको आरोप लगाएका छन् । चितवनमा भएको एक कार्यक्रममा थापाले ओलीलाई गफाडीको संज्ञा दिएका हुन् । आज भएको चितवनको कालिका नगरमा कार्यकर्ता भेटघाट एबम बनभोज कार्यक्रममा सम्बोधन गर्दै थापाले  प्रधानमन्त्री ओलीले पदभार सम्हाल्दा ठूला आश्वसन बाँडेपनि २ बर्ष कार्यकाल पुरा हुँदासम्म गफ मात्रै गरेको जानकारी दिए  । ‘प्रधानमन्त्रीसँग संसदमा लामो कुरा गर्ने छैन। एक शब्दमा प्रधानमन्त्रीलाई गफाडी भन्नेछु। यो भन्दा बढी भन्नु पर्ने केही पनि छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको थियो। अब कोही पनि उपचार नपाएर मर्ने छैन।’ सबैले रोजगारी प्राप्त गर्ने प्रधानमन्त्रीको बोलीलाई कांग्रेसले साथ दिने वचन दिएको उनले सम्झिए। थापाले भने, ‘बाटो बिराए निरन्तर प्रश्न पनि गरिरहन्छौं।’ उत्तरदायी र जवाफदेही शासन सञ्चालन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले पुरा नगरेको उल्लेख गरे। कार्यक्रममा नेकपाका एक दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्। उनीहरूलाई नेता थापाले स्वागत गरेका थिए।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६११:४९:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend