आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

संसदमा मीन विश्लकर्माको गर्जनले हङ्गामा, सरकार र अख्तियारलाई यसरी नग्याए

संसदमा मीन विश्लकर्माको गर्जनले हङ्गामा, सरकार र अख्तियारलाई यसरी नग्याए

  • शुक्रवार, माघ २४ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अख्तियारले राजनीतिक प्रतिशोध साँधेको भन्दै विरोध जनाएका छन् । शुक्रबारको प्रतिनिधीसभाको बैठकमा बोल्दै उनले शुसासन कायम गर्न र मुलुकलाई भ्रष्टाचार मुक्त बनाउन भूमिका खेल्ने अख्तियारले आफ्नै अधिकार दुरुपयोग गरेको अरोप लगाए। ‘भर्खरै अख्तियारले गरेको निर्णय हेर्दा सुशासन कायम गर्न भूमिका खेल्नुपर्नेमा आफ्नो अधिकार आफैंले दुरुपयोग गरेको छ,’ उनले भने, ‘हामी दशकौं लोकतन्त्रका लागि लडेका छौं । बैठक अवरोध गर्नु हाम्रो रहर हैन। तर सबै किसिमका अन्यायको न्याय माग्ने थलो संसद हो। त्यसैले संसदीय मर्यादामा रहेर कुरा उठाएका हौं।’ उनले ललिता निवास जग्गा प्रकरणमा प्रस्ताव लैजाने मुख्य सचिव लिलामणी पौडेल, पास गराउने प्रधानमन्त्री माधवकुमार नेपाल, सरकारी जग्गाको लालपुर्जा पाएका विष्णु पौडेलका छोरा लगायतलाई उन्मुक्ति दिएर निर्दोष माथि मुद्दा चलाएको भन्दै आपत्ति जनाए। ‘प्रस्ताव लैजाने, पास गर्ने र लालपुर्जा बोक्ने महान हुने । तर, कित्ता काट गर्ने, लालपुर्जा बनाउने क्षेत्राधिकार नै भएको भौतिकपूर्वधार मन्त्रीमाथि मुद्दा चल्ने ?,’ विश्वकर्माले प्रश्न गरे । उनले विष्णु पौडेलले बालुवाटारको जग्गा बैंकमा राखेर ४९ लाख ऋण लिएको कुरा समेत बाहिर आएकाले उनी कसरी निर्दोष भए भन्दै प्रश्न उठाए। विश्वकर्माले सरकारले अख्तियारलाई सरकारको छाँया बनाएको आरोप लगाए। ‘सरकारका प्रवक्ताले यो प्रकरणमा अख्तियारले मुद्दा दायर गर्नु पनि सरकारको उपलब्धी हो भनेर अभिव्यक्ति दिनुभएको छ। त्यसो हो भने अख्तियार सरकारको छाँया बन्यो,’ उनले भने, ‘सरकारले कांग्रेसका मान्छे छानीछानी थुन्ने प्रपन्च रच्यो । यो विभेदपूर्ण र प्रतिसोधपूर्ण छ। सरकारको छाँयामा बसेर अख्तियारले आफ्नालाई च्याम्पने र विरोधीलाई ठोक्ने रणनीति लियो।’ अख्यितारले उपसभापति विजय गच्छदार माथि बालुवाटार जग्गा प्रकरणमा विषेश अदालतमा मुद्दा दायर गरेपछि संसद बैठक अवरोध गर्दै आएको छ। शुक्रबारको बैठक सुरु भए लगत्तै कांग्रस सांसदले उठेर विरोध जनाएका थिए। कांग्रेसले अवरोध गरेपछि प्रतिनिधीसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६०८:०३:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend