आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्टको इशारामा नाच्ने अख्तियारविरुद्ध देशभर आन्दोलन गर्न कांग्रेसको उर्दी !

कम्युनिस्टको इशारामा नाच्ने अख्तियारविरुद्ध देशभर आन्दोलन गर्न कांग्रेसको उर्दी !

  • बिहिवार, माघ २३ २०७६

  • 7.2K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कम्युनिस्ट सरकारको इशारामा नाचेको चन्दै भातृ संघसंगठनलाई सशक्त आन्दोलन गर्न उर्दी जारी गरेको छ । अख्तियारको राजनीतिक पूर्वाग्रहपूर्ण हर्कतका विरुद्ध देशभर आन्दोलन चर्काउन कांग्रेसले निर्देशन दिएको छ । कांग्रेसका उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताले भातृ संस्थाका प्रमुख र पदाधिकारीसँग आन्दोलनबारे छलफल गरेका छन् । नेताहरूले कम्युनिस्ट नेताहरूलाई बचाएर कांग्रेसका नेतालाई फसाउन र बद्नाम गर्न अख्तियारले मुद्दा लगाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीवार भएको छलफलमा कम्युनिस्ट सरकारको लाचार छायाँ बनेको अख्तियारले राजनीतिक पूर्वाग्रही भएर उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध बालुवाटार जग्गा प्रकरणमा मुद्दा दर्ता गराएको ठहर कांग्रेसले गरेको छ । कम्यनिस्ट सरकारको मतियार बनेको अख्तियारको हर्कतका विरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलले काठमाडौंसहित देशभर आन्दोलन गर्ने निर्णय भएको नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बताए । ‘राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्दा चलाउने तर प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा आफ्नो नाममा बनाउने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने कार्य कदापि सह्य छैन,’ उनले भने, ‘अख्तियारको दुराशयपूर्ण निर्णयका विरुद्ध सडक आन्दोलन गर्ने निर्णय भएको छ ।’ नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईंले कम्युनिस्ट सरकार अलोकप्रिय बन्दै गएका बेला नेपाली कांग्रेसका नेताहरूलाई विभिन्न बहानामा राजनीतिक पूर्वाग्रही भएर मुद्दा लगाएर बद्नाम गर्ने षड्यन्त्रमा लागेको बताएका छन् । उनले यस्ता हर्कतका विरुद्ध नेपाल तरुण दल एक भएर देशभर आन्दोलन चर्काउने बताएका छन् । सानेपामा बिहीवारको निर्णयअनुसार माघ २४ गते शुक्रवार काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा अख्तियारको बद्नियतपूर्ण निर्णयका विरुद्ध सशक्त प्रदर्शन गरिने छ । नेविसंघको अगुवाईमा हुने शुक्रबारको प्रदर्शनमा सबै भातृ संस्थाहरूको सहभागिता रहने उल्लेख छ । नेपाल तरुण दलले माघ २६ गते आईतबार काठमाडौंसहित देशभरि अख्तियारको राजनीतिक पूर्वाग्रही निर्णयविरुद्ध प्रदर्शन गर्नेछ । तरुण दलले काठमाडौंमा आईतबार बिहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शनको कार्यक्रम राखेको छ । नेपाल तरुण दलले आईतबार देशभर ७७ वटै जिल्लामा कम्युनिस्ट सरकार अख्तियारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २३ २०७६०१:२९:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend