आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गच्छदारलाई मुद्दा हालेपछि तात्यो तरुण दल, नेपाल र पौडेललाई नछोड्ने उद्घोष

गच्छदारलाई मुद्दा हालेपछि तात्यो तरुण दल, नेपाल र पौडेललाई नछोड्ने उद्घोष

  • बिहिवार, माघ २३ २०७६

  • 7.5K
    SHARES

  • काठमाडौं– नेपाल तरुण दलले ललिता निवास प्रकरणका नाइके तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र नेकपा महासचिव विष्णु पौडेललाई कारबाही गर्न माग गरेको छ । कांग्रेसमा उपसभापति विजयकुमार गच्छदाराई राजनीतिक प्रतिशोध साँधिएको तर, प्रकरणका नाइकेलाई भने छुट दिइएको भन्दै तरुण दलले आपत्ति समेत जनाएको छ । ‘कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखि वदनियतपूर्वक लगाईको भष्टाचारको आरोप्रति नेपाल तरुण दलको ध्यान आकृष्ट भएको छ,’ तरुण दलद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘तत्कालिन सरकारका प्रमुख नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र तत्कालिन सरकारका मुख्य सचिव लिलामणि पौडेललाई कम्युनिष्टको छाहारी भित्र राखि कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालिन मन्त्री गच्छदारलाई कम्युनिष्ट अधिनायकवाद उन्मुख दुर्गन्धीत ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ ।’ तरुण दलले नेकपा महासविच विष्णु पौडेल लगायतलाई उन्मुक्ति र संरक्षण गरिएकोमा समेत आपत्ति जनाएको छ । ‘कम्युनिष्ट र भ्रष्ट मतियारहरु नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई उन्मुक्ति र संरक्षण गरी राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसइवी राखी अख्तियारले गरेको दुषित निर्णय तुरुन्त सच्याउन र उक्त प्रकरणमा सरकारको नेतृत्व गरेका नेपाल, भट्टराई, मुख्य सचिव पौडेल र नेकपा महासचिव विष्णु पौडेल लगायतलाई कानूनको कठघरामा उम्भयाउन माग गर्दछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २३ २०७६०९:१८:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend