आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक

  • बिहिवार, माघ २३ २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमबाट सशंकित प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बुढानिलकण्ठमा जारि रहेको छ । अख्तियारले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले बिहीबार पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको जानकारी दिईएको छ । उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको स्रोतले जनाएको छ । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल भइरहेको बताएका छन् । उनका अनुसार सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई बोलाएका छन् । 'उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न पार्टीका सिनियिर लिडर र कानुन व्यवसायीहरुसँग छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,' सभापति देउवाको स्वकीय सचिव देउवाले भने, 'अहिले छलफल चलिरहेको छ ।' अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २३ २०७६०५:५७:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend