आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारको दादागिरीविरुद्ध बिगुल फुक्ने नेविसंघ नेता विकास थापा

कम्युनिस्ट सरकारको दादागिरीविरुद्ध बिगुल फुक्ने नेविसंघ नेता विकास थापा

  • बुधवार, माघ २२ २०७६

  • 4.3K
    SHARES

  • पोखरा – नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापालाई नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सभापति नैनसिंह महरको कार्यसमितिले जिल्लाको नेतृत्वको जिम्मा दिएको थियो । आफ्नो काँधमा नेपाल विद्यार्थी संघ कास्कीको जिम्मा आएपछि नेता थापाले विभिन्न विद्यार्थी आन्दोलनको नेतृत्व गरेर र भ्रष्टाचारविरुद्ध मुद्दाहरूको पर्दाफास गर्दै अभियान चलाएका थिए । देशमा कम्युनिस्टको झण्डै दुईतिहाइको सरकारले कहिले करमा वृद्धि त कहिले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, जनतामा परेको त्यो कर र मूल्यवृद्धिको भारलाई घटाउन आफ्नो कार्यकालमा विद्यार्थी नेता थापाले कास्कीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनदेखि जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई चेतावनी दिनेसम्मका आन्दोलनको नेतृत्व गर्दै आएपछि कम्युनिस्ट आत्तिए । दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध कास्कीका प्रमुख सडकहरू आफ्नो कब्जामा लिएर नेता थापाले सडकमा राँके जुलुस गर्दै सडक आन्दोलन गर्न समेत पछि परेका थिएनन् । पोखरा महानगरपालिकाको फेवातालको ६५ मिटर मापदण्डको विषयमा पनि करीब ७ हजार कास्केली पीडित जनताको पक्षमा उभिएर विद्यार्थी नेता थापाले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारलाई जनताको पक्षमा निर्णय गरी उचित मापदण्ड दिएर मात्र ६५ मिटर कार्यान्वयन गर्न दबाब दिएका थिए । कास्कीका सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजीवी एवं पीडित पक्षको छलफलमा थापाले कडा अडान लिएर जनप्रतिनिधिलाई दबाब दिएका थिए । नेता विकास थापाले विभिन्न तहमा नेपाल विद्यार्थी संघ विस्तार गरेर माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण क्रियाकलापलाई मध्यनजर गर्दै विद्यार्थीको हकहितका लागि आवाज उठाउँदै अघि बढेका थिए । त्यहीँ क्रममा पोखरा महानगरपालिका–६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता पर्दाफास गरी विद्यार्थी आन्दोलन गरेर नेता थापाले विद्यालयकी प्रधानाध्यापकलाई कारबाहीको दायरामा ल्याउन समेत सफल भएका थिए । विद्यार्थी आन्दोलन नेता थापाको पहलमा पोखरा महानगरपालिका–६ बैदाम वडा इकाई नेविसंघको नेतृत्वमा भएको थियो । यसरी नै विभिन्न आन्दोलनको नेतृत्व, भ्रष्टाचार विरुद्धको अभियान, जनताको पक्षमा अडान जस्ता क्रियाकलापले गर्दा विद्यार्थी नेता विकास थापा कास्कीका लोकप्रिय विद्यार्थी नेता भनेर चिनिने गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २२ २०७६०३:०९:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend