आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्वप्रकाशको दनक : माधव नेपाल निर्णय गर्ने, विष्णु पौडेल लालपूर्जा पाउने, मुद्दा गच्छदारलाई !

विश्वप्रकाशको दनक : माधव नेपाल निर्णय गर्ने, विष्णु पौडेल लालपूर्जा पाउने, मुद्दा गच्छदारलाई !

  • बुधवार, माघ २२ २०७६

  • 8.8K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कडा प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै प्रवक्ता शर्माले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको पालामा निर्णय भएको र नेकपाकै महासचिव तथा पूर्वमन्त्री विष्णु पौडेलको सिरानीमुनि बालुवाटार जग्गाको लालपूर्जा भएका बेला गच्छदारमाथि मुद्दा चलाएकोप्रति व्यंग्य गरेका छन् । प्रवक्ता शर्माले लेखेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय ! एक पूर्व मन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा ! मुद्दा कसलाई ? विजय गच्छदारलाई !’ कम्युनिस्ट सत्ताको आडमा माधवकुमार नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिइएको छ भने कम्युनिस्ट सत्ता निकट नभएका व्यक्तिलाई अख्तियारले मुद्दामा मुछेको छ । यस्तो छ प्रवक्ता शर्माको ट्विट –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २२ २०७६०१:५९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend