आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

झिसमिसे अँध्यारोमा बालुवाटारभित्र केपी ओलीको रमिता !

झिसमिसे अँध्यारोमा बालुवाटारभित्र केपी ओलीको रमिता !

  • बुधवार, माघ २२ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – मंगलवार राति झिसमिसे अँध्यारोमा बालुवाटार भित्रबाट एउटा तस्वीर सार्वजनिक भयो । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरू देखिएका छन् । छिमेकी देश चीनमा कोरोना भाइरसको संक्रमणले नेपाली विद्यार्थीहरू उद्धारको पर्खाइमा छन्, सरकारले उद्धारका लागि प्रभावकारी काम नगरेको भन्दै आलोचना भइरहेको छ । तर प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा सारंगी बजाएर बसिरहेका छन्, रमाइरहेका छन् । सरकारी निवासमा पार्टीका कार्यक्रम गर्ने र सरकारी स्रोतसाधनको दुरुपयोग गर्ने प्रवृत्ति नयाँ होइन । तर जनताका दुःख, पीरमर्का र मुख्य काम छाडेर सरकारी संलग्नतामै बालुवाटारभित्र रमिता हुने गरेको छ । आईतबार प्रधानमन्त्री ओलीले बालुवाटारमै नेकपाका केन्द्रीय सदस्य र सांसदका लागि भोजभतेर राखेका थिए । मंगलबार मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको छ । राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तर्क्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक साँझमा सहभागी भएको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका छन् । ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २२ २०७६१२:४६:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend