आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमसीसीको खरो विरोध भएपछि ओली–प्रचण्डले दिए भीम रावललाई पदै–पद !

एमसीसीको खरो विरोध भएपछि ओली–प्रचण्डले दिए भीम रावललाई पदै–पद !

  • मंगलवार, माघ २१ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं – अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताको खरो विरोध गरिरहेका भीम रावललाई नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदै–पद दिएको खुलासा भएको छ । रावललाई एमसीसी सम्झौता अध्ययन कार्यदलको सदस्य बनाइएको निर्णय केन्द्रीय कमिटी बैठकमै सुनाइएको थियो । तर रावललाई दुवै अध्यक्षको प्रस्तावमा नेकपा सचिवालयबाट संगठन विभाग सदस्यको समेत जिम्मेवारी दिइएको खुलासा भएको छ । जुन निर्णय औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको विभागमा स्थायी समिति सदस्य भीम रावलसहित १० जना सदस्य थपिएका छन् । गत आईतबार बसेको सचिवालय बैठकले गौतमले सिफारिस गरेका नामहरू अनुमोदन गरेसँगै संगठन विभागमा नयाँ सदस्य थप भएका हुन् । विभागमा रावलसँगै भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, रेखा शर्मा र जगप्रसाद शर्मा थपिएका छन् । ३५ सदस्यीय विभागमा अझै केही पद रिक्त नै छन् । यसअघि अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी विभागमा आवद्ध छन् । विभागको सदस्यका हिसाबले तोकिएको जिम्मेवारी पूरा गर्ने नेता रावलले बताए । नेकपा सुदूरपश्चिम प्रदेश इन्चार्ज रावल एमसिसी सम्झौताका गलत बुँदाको खरो आलोचना मानिन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०२:२७:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend