आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपामा उपाध्यक्षको पावर देखाउन एक्सनमा उत्रिए वामदेव गौतम

नेकपामा उपाध्यक्षको पावर देखाउन एक्सनमा उत्रिए वामदेव गौतम

  • मंगलवार, माघ २१ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकबाट उपाध्यक्ष बनेपछि वामदेव गौतम एक्सनमा उत्रिएका छन् । बैठकमा सबैभन्दा बढी विवाद नेकपाको प्रदेश २ कमिटीमा देखिएको थियो । विवादको विषय केन्द्रीय कमिटीमै पुगेकाले त्यसको निरुपण गर्न गौतमले पावर देखाउने भएका छन् । नेकपा प्रदेश २ इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभू साह र सचिव सुमन प्याकुरेल मिलेर पार्टीको विधान, अन्तरपार्टी निर्देशन र निर्णयहरू विपरीत मनपरी गरेको भन्दै केन्द्रले हस्तक्षेप गर्नुपर्ने माग उठेपछि वामदेव सक्रिय देखिएका छन् । बैठकले विवाद मिलाउने जिम्मा उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभागलाई दिएको हो । प्रदेश पदाधिकारी चयन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सत्यनारायण मण्डल इन्चार्ज र प्रचण्ड निकट प्रभू साह अध्यक्ष थिए । नारायणकाजी श्रेष्ठ निकट विश्वनाथ साह सहइन्चार्ज र ओली निकट सुमन प्याकुरेल प्रदेश सचिव मनोनित भएका थिए । कार्यविभाजनका क्रममा माधव नेपाल निकट नागेन्द्र चौधरी र प्रचण्ड निकट महेन्द्र पासवान सहइन्चार्ज थपिएका थिए । चौधरी र पासवानलाई केन्द्रीय सचिवालयले सहइन्चार्जको जिम्मेवारी दिएपनि इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभू साहले समन्वय नगरेको आरोप छ । यस्तै गुटगत विवादबीच नेकपाको प्रदेश कमिटीमा विवाद व्याप्त छ । प्रदेशमा किचलो चलिरहेका बेला उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमले विवाद समाधानका लागि एक्सनमा उत्रिएका छन् । कर्णाली प्रदेशको दैलेखे, जुम्ला, सल्यान लगायतका जिल्लाको विवाद समाधानका लागि आग्रह गर्न पुगेका नेताहरूसँग गौतमले पहिले प्रदेश २ को समस्या समाधान थाल्ने जनाएका छन् । प्रदेशमा विवादकै कारण शपथ कार्यक्रम समेत भएको छैन । विवाद र एकलौटी गर्दै विधान र पार्टी नीति निर्देशन विपरीत भएको निर्णय संगठन विभागले बदर गर्न सक्ने अधिकार समेत पाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०१:५६:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend