काठमाडौं - नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लगभग एक वर्षपछि नेतृत्व पाएको छ ।
नेविसंघको तदर्थ समितिको नयाँ कार्यसमितिमा विभिन्न भेगका विद्यार्थी नेतालाई पदाधिकारीमा मनोनयन गर्दै केन्द्रीय कार्यसमिति बिस्तार भइरहेको छ ।
पदाधिकारी मनोनयनमा गण्डकी प्रदेशबाट तनहुँ जिल्लाका दीपक भट्टराई र स्याङ्जाका युवराज पाण्डे पनि महामन्त्री बनेका छन् ।
गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाबाट हालसम्म कुनै विद्यार्थी नेता पनि नेबिसंघको पदाधिकारीमा मनोनीत भएका छैनन् ।
नेपाल विद्यार्थी संघ कास्कीका निवर्तमान सभापति विकास थापाले सो विषयलाई लिएर कास्कीबाट कम्तिमा एक जना पदाधिकारी केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेका छन् ।
सो विषयमा थापाले काठमाडौंमा नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई निरन्तर दवाव दिएका छन् ।
प्रदेशको राजधानी अनि देशको ठूलो शहरका साथै नेविसंघको महाधिवेशनमा सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि हुने जिल्ला कास्कीबाट अहिलेसम्म कुनै विद्यार्थी नेताको नाम पदाधिकारीमा नहुनु दुःखद् रहेको विद्यार्थी नेता थापाले बताएका छन् ।
नेविसंघका नेता थापाले बाँकी रहेका पदाधिकारीमा कम्तिमा एकजनालाई कास्की जिल्लाबाट मनोनीत गर्न पार्टीका नेताहरूलाई अनुरोध गरेका छन् ।
आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा देश कै ठूला क्याम्पसमा आफ्नो उपस्थिति र विजय सुनिश्चित गर्न तथा विद्यार्थीको मनोबल उच्च पार्न पनि नेविसंघको सन्तुलनले ठूलो भूमिका निर्वाह गर्ने थापाले बताएका छन् ।
नेविसंघको एउटा पदाधिकारीमा कास्कीले दाबी गरेपछि नेपाली कांग्रेसका नेताहरू दवावमा परेका छन् ।
कम्युनिस्टहरूको दब्दबा रहेको कास्कीमा नेपाली कांग्रेसले उपनिर्वाचनपछि आफूलाई बलियो बनाउँदै लगेको छ । आगामी
दिनमा कम्युनिस्टहरूलाई पराजित गरेर जाने योजनामा रहेको कास्कीले नेविसंघमा पदाधिकारी मागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।