आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओलीजी बनभोज कौडीको भाउमा दिएको गोकर्णमा गर्नुस, बालुवाटारमा होइनः कांग्रेस नेता खतिवडा

ओलीजी बनभोज कौडीको भाउमा दिएको गोकर्णमा गर्नुस, बालुवाटारमा होइनः कांग्रेस नेता खतिवडा

  • मंगलवार, माघ २१ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं -  प्रमुख प्रतिपक्षि दल  नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गोकर्णमा गर्नुपर्ने बनभोज बालुवाटारमै गरेको भनेर ब्याङ्ग्य गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सरकारी निवासमा रात्रिभोज दिएका थिए । रात्रिभोजको आलोचना भएको थियो । सोही क्रममा नेपाली कांग्रेसका नेता खतिवडाले पनि ब्याङ्ग्य गर्दै नेकपाको आचारसंहिताअनुसार बनभोज गर्ने कुरा जायज भएपनि बालुवाटारमा रात्रिभोजका नाममा ‘बनभोज’ गरेको भनेर आश्चर्य व्यक्त गरेका हुन् । नेता खतिवडाले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओलीले नेकपाको आचारसंहिता पालन गर्नुभएछ ।’ ‘प्रधानमन्त्री निवासमा, महिनाको एक पटक बनभोज । तर बालुवाटारमा रात्रिभोज गर्नुभएछ’, नेपाली कांग्रेसका नेता खतिवडाले भनेका छन्, ‘सबै भोजभतेरमा खुसी थिए रे । बनभोज त गोकर्णमा नै हो नि ?’ नेपाली कांग्रेसका युवा नेता खतिवडाले यती समूहलाई गोकर्ण रिसोर्ट कौडीको भाउमा दिएको भन्दै कम्युनिस्ट सरकारको निर्णयलाई आफ्नो ट्वीटमा ब्याङ्ग्य गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०५:५६:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend