आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भीम रावलसहित बस्यो एमसीसीको बैठक, के भयो सल्लाह ?

भीम रावलसहित बस्यो एमसीसीको बैठक, के भयो सल्लाह ?

  • सोमवार, माघ २० २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकबाट बनेको विवादित अमेरिकी परियोजना एमसीसीबारे अध्ययन कार्यदलको पहिलो बैठक बसेको छ । एमसीसीका असमान प्रावधानको चर्काे विरोध गर्दै आएका स्थायी कमिटी सदस्य भीम रावलको सहभागितामा गठित कार्यदलको पहिलो बैठक सोमबार बसेको हो । आज सोमबार दिउँसो नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकको अध्यक्षता कार्यदल संयोजक तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले गरेका छन् । बैठकमा कार्यदललाई पार्टीले दिएको कार्यादेशबारे छलफल भएको छ । बैठकपछि संयोजक खनालले पहिलो बैठकमा कार्यदलको कार्यदिशा, एमसीसीको अध्ययन गर्ने क्रममा चाहिने सामग्रीबारे छलफल भएको बताए । खनाल, रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले एमसीसी सम्झौता अध्ययनको योजनाका बारेमा समेत छलफल गरेको जनाइएको छ । पहिलो दिन प्रारम्भिक छलफल भएपनि कार्यदलको बुधबार बस्ने अर्काे बैठकमा थप छलफल हुने संयोजक खनालले बताएका छन् । एमसीसी इण्डो–प्यासिफिक रणनीति (आईपीसी) को अंग भए/नभएको विषयमा अध्ययन गर्न नेकपाले पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सिफारिसका आधारमा नेकपा सचिवालयले आवश्यक निर्णय लिने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ । कार्यदललाई प्रतिवेदन बुझाउन १० दिनको समय तोकिएको छ । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षले जसरी पनि एमसीसीलाई संसदबाट पारित गराउन चाहेको छ भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कडा विरोध गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २० २०७६०२:१७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend