आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनयुद्ध सँगै लडेका कृष्णबहादुर महराको मायाले बाबुरामलाई जेलमा बोलायो !

जनयुद्ध सँगै लडेका कृष्णबहादुर महराको मायाले बाबुरामलाई जेलमा बोलायो !

  • सोमवार, माघ २० २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको माया लागेपछि समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई कारागार पुगेका छन् । सोमबार डिल्लीबजारस्थित कारागार पुगेर भट्टराईले महरासँग करीब १ घण्टा कुराकानी गरेका छन् । सोमबार दिउँसो ३ बजेतिर महरालाई भेट्न डा. भट्टराई कारागार पुगेका थिए । डा. भट्टराईले महरासँगै रेशम चौधरीलाई पनि भेट गरेको स्रोतले जानकारी दिएको छ । ‘३ बजेतिर उनी कारागार छिरेका थिए,’ स्रोतले भन्यो, ‘महरालाई भेटेपछि रेशम चौधरी पनि त्यहीँ भएकाले केही समय भेट भयो । बाबुराम एक घण्टापछि फर्केका छन् ।’ महरा कारागार चलान भएपछि उनलाई भेट्न कारागार जाने उच्च तहका राजनीतिज्ञमध्ये भट्टराई पहिलो रहेका छन् । भट्टराई कृष्णबहादुर महराका पूर्व सहयोद्धा पनि हुन् । माओवादी आन्दोलनमा दुवैसँगले सँगसँगै काम गरेका थिए । गत असोजको दोस्रो साता महरालाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । त्यसपछि उनी अदालतको आदेशबाट कारागार चलान भएका छन् । रेशम चौधरी भने टीकापुर हत्याकाण्डका दोषीका रूपमा लामो समयदेखि कारागारमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २० २०७६०१:३८:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend