काठमाडौं– प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले एमसीसीको विषयमा नपढिकन र नबुझिकन बोल्ने सस्कृतिले गर्दा समस्या झन जटिल बनेको बताएका छन् ।
पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको सस्कृतिमा कमी भएको हुदाँ एमसीसी जस्तो बिषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको जानकारी दिएका छन् ।
बिश्वबिद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गदै नेता थापाले बजार र शिक्षाको गुणस्तर बीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको बताए।
कार्यक्रममा प्रदेश साँसद नरोत्तम बैध र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले बिशेष प्राथमिकता दिनु पर्ने आवश्यकता भएको उल्लेख गदै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनुृ पर्ने अवस्था रहेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।