घोराही - दाङ जिल्लामा नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नम्बर ३ ले मसोटखेलामा कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेस दाङका पूर्वसभापति वीरकेश्वरी गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का थुप्रै स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसका प्रवेश गरेका छन् ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभापति गौतमले कांग्रेसमाथि जनताको भरोसा रहेको बताए । उनले आगामी दिनमा नेपाली कांग्रेसलाई जनताले भोट दिने बताए ।
मसोटखोलामा सिमलतारा, जुरपानी, सार्किटारी, बसेरी, राउटारा र बडाचौरका नेता तथा कार्यकर्ताहरूको जमघट गरेको थियो ।
कार्यक्रममा नेकपा छाडेर २५ जना स्थानीय नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीहरूले कम्युनिस्टहरूले जनतासँग झुठ मात्रै बालेकाले नेकपामा बस्न आवश्यक नठानेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, क्षेत्र नम्बर २ ‘क’का सभापति गिरिराज सुवेदी, महासमिति सदस्य जानकीलाल बस्नेत, नेपाली कांग्रेसका नेता किरणकिशोर घिमिरे, नेपाल तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष नारायण जिएम, नेपाली कांग्रेसका नेता खिमबहादुर पुन लगायतको उपस्थिति रहेको थियो ।
दाङ जिल्लाबाट प्रदेश ५ मा निर्वाचित भएका नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री छन् ।
दाङलाई प्रदेशको राजधानी बनाउन नसकेको भनेर आलोचना भइरहेका बेला उनको दल नेकपाका गाउँका कार्यकर्ताहरू पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।