आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल टेलिभिजनलाई आफ्नै कर्मचारीले दिने भए ठुलो झड्का, चौतर्फी खैलाबैला

नेपाल टेलिभिजनलाई आफ्नै कर्मचारीले दिने भए ठुलो झड्का, चौतर्फी खैलाबैला

  • सोमवार, माघ २० २०७६

  • 5.7K
    SHARES

  • काठमाडौं, माघ २० - नेपाल टेलिभिजनका कर्मचारीहरुले आफ्ना माग र संगठनहरुलाई व्यवस्थापन पक्षले वेवास्ता गरेको विरोधका टेलिभिजनको बार्षिकोत्सव कार्यक्रम बहिस्कार गर्ने भएका छन् । आफ्ना माग सुनुवाई नगरी अनावश्यक आर्थिक भार थप्ने कार्य व्यवस्थापन पक्षले गरेको भन्दै उनीहरुले टेलिभिजनको बार्षिकोत्सव नै बहिस्कार गर्ने भएका हुन् । नेपाल टेलिभिजन कर्मचारी संघ र युनियनले आइतबार सयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीको बृत्ति विकासलगायतका विषयमा पेश गरेका मागको सुनुवाई गर्न छाडेर व्यवस्थापनले थप कर्मचारी भर्ना गर्ने तयारी गरेको, टेलिभिजनको इटहरी कार्यालय उद्घाटनमा कर्मचारी संगठनहरुलाई बेवास्था गरेकोलगायतका कारण देखाउँदै बार्षिकोत्सवका सम्पूर्ण कार्यक्रम बहिष्कार गरेर विरोध जनाउने घोषणा गरेका छन् । विज्ञप्तिमा संस्थालाई आर्थिक दलदलमा पारेर धरासाई बनाउने कार्य टेलिभिजनको उच्च व्यवस्थापनले गरेको भन्दै त्यस्ता कार्य तथा निर्णयहरुप्रति भत्सर्ना पनि गरिएको छ । ‘कर्मचारीको बृत्ति विकास तथा सेवासँग जोडिएका तमाम समस्या समाधानका लागि कुनै पहल नगरी कर्मचारी संघ र युनियनबाट पेश भएका मागहरुको समेत बेवास्था गरिएको अवस्थामा उच्च व्यवस्थापनले देखाएको रबैया बिरुद्ध माघ २० गते टेलिभिजन कार्यालयमा हुने बार्षिक उत्सब सम्वन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने निर्णय गरिएको छ’ संघका अध्यक्ष गोपालप्रसाद दाहाल र युनियनका अध्यक्ष सुरेन्द्र बस्नेतद्धारा जारी बिज्ञप्तिमा लेखिएको छ । टेलिभिजनको व्यवस्थापन पक्ष कर्मचारीहरुसँगको सहकार्यबाट भाग्न खोजेको संगठनहरुले आरोप लगाएका छन् । उनीहरुले कर्मचारी भर्ना सम्वन्धी विज्ञापन र नयाँ लागु गरिएको विनियमावलीप्रति पनि असहमती प्रकट गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २० २०७६०५:३८:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend