सोमवार, माघ २० २०७६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बालुवाटारमा दिएको भोज नेकपाकै केही नेताले अस्विकार गरेका छन् । ओली दिएको रात्रिभोजमा केही नेता र सांसद सहभागी भएनन्। केन्द्रीय सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरे, हेमराज भण्डारी लगायतले ओलीको भोज अस्विकार गरेका हुन् ।
'बैठकमा नेताहरूको सम्पत्ति र आचरणबारे यति धेरै कुरा उठाइयो। बैठक लगत्तै सरकारी निवासमा भएको भोजमा कसरी सहभागी हुनुरु मलाई त्यहाँ जान मेरो नैतिकताले दिएन,' भोजमा नगएका एक केन्द्रीय सदस्यले भने, 'सरकारी खर्चमा भोज गरेर कस्तो सन्देश दिन खोजको हो, मैले बुझ्न सकेको छैन।'
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्नो स्वभाव यस्ता भोजमा नजाने खालको रहेकाले नगएको बताए। 'भोजमा म मेरै स्वभावले नगएको। पार्टी एकता भएपछि बालुवाटारमै भएको भोजमा पनि सहभागी थिइनँ,' उनले भने, 'पार्टीमा तडकभडक नहोस् भन्ने जनताको चाहना छ। मलाई पनि यो कुरा ठिकै लाग्छ। तर मेरो हैसियतले यस्ता कार्यक्रम रोक्न नसक्ने भएकोले म नगएको हो।'
आफू बिहे वा व्रतबन्ध जस्ता भोजमा पनि नजाने उनले बताए। अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले भने भोजमा राति हुने र आफूसँग साधन नभएकाले नगएको बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।