आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्री पदबाट हटाइएका महासेठलाई अर्को आपात, पार्टीको पद समेत जाँदै !

मन्त्री पदबाट हटाइएका महासेठलाई अर्को आपात, पार्टीको पद समेत जाँदै !

  • सोमवार, माघ २० २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं– सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यले रघुवीर महासेठलाई स्थायी कमिटी सदस्यबाट हटाउन माग गरेका छन्।

    आइतबार केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी सदस्य श्रीप्रसाद साहले महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरेका हुन्। उनले स्थायी कमिटी हुन महासेठको योग्यता नपुगेको पनि दाबी गरेका छन्।

    नेकपाका अध्यक्ष तथा सिंगो केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै बुझाएको निवेदनमा साहले स्थायी कमिटी सदस्य हुन कम्तिमा एक पटक पोलिटब्युरो सदस्य भएको हुनु पर्ने विधानमा उल्लेख भएपनि त्यसलाई उल्लंघन गर्दै महासेठलाई स्थायी कमिटीमा राखिएको आरोप लगाएका छन्। साह महासेठकै गृहजिल्ला धनुषाका हुन्।  महासेठको योग्यतामाथि प्रश्न उठाउँदै आफूले यसअघि पनि निवदेन दिएपनि सुनुवाइ नभएको बताए।

    ‘२०७५ जेठ ३ मा प्रथम ऐतिहासिक एकता बैठकबाट पारित विधानको धारा ३४ (ख) मा केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिट्ब्युरो सदस्य भएको हुनु पर्नेछ’ भनि प्रष्ट व्यवस्था रहेको छ,’ साहले निवेदनमा भनेका छन्,‘ तर, सोही बैठकको निर्णय भन्दै पछिट पार्टी सचिवालयले स्थायी कमिटी सदस्यमा विधानको माथि निर्दिष्ट न्यूनतम योग्यता नै नपुगेका साथी कमरेड रघुवीर महासेठलाई छनोट गरियो।’

    उक्त निर्णयपछि एकल र सामूहिक डेलिगेशनले पनि निर्णय नसच्चिएपछि साहले आफूले स्थायी कमिटीको पहिलो बैठक समक्ष लिखित उजुरी दर्ता गराएको पनि स्मरण गराएका छन्। उनले आफ्नो उजुरी सुनुवाइ नभएपछि प्रदेश २ का १९ जना केन्द्रीय सदस्यहरुले संयुक्तरुपमा अवैधानिक मनोनयन प्रारम्भदेखि नै बदर गरी योग्यता पुगेका उपयुक्त पात्र छनोट गर्न माग गरेको झण्डै ६ महिना भएपनि सुनुवाइ नभएको निवेदनमा उल्लेख गरेका छन्।

    उनले बैठकमा महासेठ स्थायी कमिटी सदस्यको रुपमा सहभागी भएको देख्दा आश्चर्यचकित भएको बताएका छन्। उनले महासेठ एक पटकमात्रै आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएको र दुई पटक मनोनीत भएपनि कुनै कम्युनिष्ट घटकमा उनी पोलिटब्युरो सदस्यको जिम्मेवारीमा नभएको पनि दाबी गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २० २०७६०३:१७:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend