काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार साँझ बालुवाटारमा रात्रिभोजमा सहभागी हुन सबैलाई निम्ता दिए ।
त्यसअघि नै सबै सांसदहरूलाई भोजमा सहभागी हुन ह्वीप जारी भइसकेको थियो । अमेरिकी सहयोगको विवादित एमसीसी सम्झौता पारित गराउने माहौल बनाउन ओलीले बालुवाटारमा भोज खुवाइरहेको चर्चा नेकपाभित्र चल्यो ।
एमसीसीका प्रावधान राष्ट्रघाती रहेको भन्दै खरो विरोधमा उत्रिएका एक बहादुर कमरेडले ओलीको भोज बहिष्कार गरेका छन् ।
अधिकांश केन्द्रीय सदस्य बालुवाटारको रात्रिभोजका रमाइरहेका बेला इमान्दार कमरेड केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने सामाजिक सञ्जालमा ‘घरकै भुटेको मकै र कालो चिया मिठो’ भनेर लेखेका छन् ।
ओलीको कडा ह्वीप नमान्दै नेता न्यौपानेले व्यंग्यात्मक रुपमा सामाजिक सञ्जालमा धारणा राखेका छन् । कम्युनिस्ट नेताले क्षणिक तडकभडकभन्दा पनि क्षमता र हैसियत अनुसार खानपिन गर्नुपर्ने सन्देश नेता न्यौपानेले दिएका छन् ।
न्यौपानेको फेसबुकमा लेखेको स्टेटसलाई धेरैले समर्थन जनाएका छन् भने उनको प्रशंसा गरिरहेका छन् । न्यौपाने सच्चा कम्युनिस्ट रहेको भन्दै उनको प्रशंसा भएको छ ।
कम्युनिस्ट नेता विभिन्न भ्रष्टाचार, विचौलिया प्रकरणमा मुछिएर बदनाम भएको बेला न्यौपाने इमान्दार छविका नेता रहेका छन् । स्वच्छ छविकै कारण न्यौपाने कम्युनिस्ट आन्दोलनमा सबैका प्रिय ‘डियर कमरेड’ बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।