काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी बैठकमा राजनीति प्रतिवेदन पेश गर्दै ‘इन्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको’ स्पष्ट पारे ।
भेनेजुएला प्रकरणमा समेत अमेरिका विरोधी प्रेस विज्ञप्ति जारी गरेका प्रचण्ड चीनतिर ढल्केका देखिँदै आएका छन् । नेकपाको प्रतिवेदनमा समेत उनले अमेरिकालाई गम्भीर आरोप लगाए ।
प्रचण्डले अमेरिकालाई आरोप लगाएको प्रतिवेदन लेखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले त्यसको गम्भीर प्रतिवाद गरे । उनले केन्द्रीय समिति बैठकमै प्रचण्डले राखेको त्यो वाक्य हटाउनुपर्ने माग गरे ।
सल्लाहकार सूर्य थापाले मात्रै नभई सरकारका प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले समेत बिहीबारको सरकारी पत्रकार सम्मेलनमै प्रचण्डले प्रतिवेदनमा राखेको त्यो वाक्य नेकपाको आधिकारिक नभएको घोषणा गरे । त्यतिबेलासम्म प्रचण्डले त्यो वाक्य फिर्ता लिइसकेका थिए । प्रचण्डले लेखेको प्रतिवेदनलाई प्रवक्ता बास्कोटाले पहिल्यै अवैध घोषणा गरिसकेका थिए ।
अन्नतः प्रचण्ड आफ्नो अडानबाट झुक्नुपर्ने भएको छ । ओलीका सल्लाहकारको इशारामा प्रचण्डले अमेरिका विरोधी वाक्य राजनीतिक प्रतिवेदनबाट हटाएका छन् ।
राजनीतिक प्रतिवेदनमा समावेश भएको त्यो वाक्यप्रति विष्णु रिमाल लगायत प्रधानमन्त्री ओली पक्षधर नेताहरूले गम्भीर असहमति जनाउँदै नेपालको असंलग्न कूटनीतिमा असर गर्ने चेतावनी दिएका थिए ।
प्रचण्ड आफ्नो स्वार्थ अनुसार राजनीतिक प्रतिवेदनमा अमेरिकालाई आरोप लगाउन असफल भएका छन् । ओली समूह दाबी भएपछि प्रचण्डले अन्ततः त्यो वाक्य फिर्ता लिनुपरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।