आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघको कार्यसमिति विस्तार, यी हुन् भाग्यमानीहरु

नेविसंघको कार्यसमिति विस्तार, यी हुन् भाग्यमानीहरु

  • आइतवार, माघ १९ २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समितिलाई विस्तार गरेका छन् । सभापति देउवाले आइतबार नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाद्वारा दिइएको नामअनुसार नेविसंघ विस्तार गरेका हुन् । नेविसंघको उपसभापतिमा तुलसा पन्त (झापा), मुक्तिराज पौडेल (रुपन्देही) मनोनीत भएका छन् । महामन्त्रीमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ्ग), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक), र युवराज पाण्डे (स्याङ्जा) नियुक्त गरिएको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको फागुन १ गतेको बैठकको निर्णय अनुसार सभापति देउवाद्वारा माघ १६ गते गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिमा देहाय बमोजिमका पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गरेका हुन् । नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरूको मनोनयन यथाशीघ्र गरिनेछ । यसअघि, सभापति देउवाले नेविसंघको अध्यक्ष राजीव ढुंगाना तथा महामन्त्रीद्वयमा मनोज वैद्य र महेश्वरी कुँवर नियुक्त गरेका थिए । अध्यक्ष ढुंगानासहित दुई महामन्त्रीले आइतबार नेविसंघको मुख्यालयमा पदभार ग्रहण गरेका छन् । माघ १९, २०७६ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फाल्गुण १ गतेको बैठकको निर्णय अनुसार, पार्टी सभापति शेरबहादुर देउवाद्वारा २०७६ माघ १६ गते गठित “नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति” मा देहाय बमोजिमका पदाधिकारी थप गरी कार्यसमितिलाई विस्तार गर्नु भएको छ । १. श्री तुलसा पन्त (झापा) – उपसभापति २. श्री मुक्तिराज पौडेल (रुपन्देही) – उपसभापति ३. श्री दिपक भट्टराई (तनहुँ) –महामन्त्री ४. श्री उर्मिला थपलिया (धादिङ्ग) –महामन्त्री ५. श्री प्रभातकुमार दाहाल (मकवानपुर) –महामन्त्री ६. श्री बलदेव तिमल्सीना (सिन्धुपाल्चोक) –महामन्त्री ७. श्री युवराज पाण्डे (स्याङ्जा) –महामन्त्री नेपाल विद्यार्थी संघ तदर्थ कार्यसमितिका बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिनेछ । कृष्णप्रसाद पौडेल मुख्य सचिव

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६०१:०८:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend