आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शेरबहादुर, रामचन्द्रलाई गाली गरेर पार्टी बलियो हुँदैन, सबै मिलेर अगाडी बढौं : खतिवडा

शेरबहादुर, रामचन्द्रलाई गाली गरेर पार्टी बलियो हुँदैन, सबै मिलेर अगाडी बढौं : खतिवडा

  • आइतवार, माघ १९ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं - नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्रको विवादलाई मिलाएर अगाडी बढ्नु पर्ने बताएका छन् । खतिवडाले शेरबहादुर, रामचन्द्रलाई गाली गरेर पार्टी बलियो नहुने र सबै मिलेर नै कांग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिएका हुन् । यूट्युब च्यानलसँगको अन्तर्वार्तामा नेता खतिवडाले अमेरिकन मिलेनियम च्यालेञ्ज (एमसीसी)का विषयमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नै पार्टीका नेताहरूलाई बुझाउन नसकेको बताएका छन् । एमसीसीका विषयमा धेरै भ्रम रहेको बताए । उनले राष्ट्रिय हित, सार्वभौम सत्ता, अखण्डतामाथि आँच आउने कार्य हुन्छ भने एमसीसी रोक्नुपर्ने अन्यथा यसलाई रोक्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् । ‘अमेरिकी जनताले आफ्नो करबाट प्रजातान्त्रिक विकासशील मुलुकहरूलाई सहयोग गर्न लागेको हो । अनुदानका रुपमा ५५ अर्ब रुपियाँ अमेरिकाले सहयोग गरेको हो’, उनले भनेका छन्, ‘राष्ट्रवादी सरकार छ । राष्ट्रियता, सार्वभामसत्तालाई असर गर्छ भने यसलाई रोकौँ ।’ ‘यसलाई अध्ययन गर्दा केपी ओली र भीम रावलले पनि चस्मा लगाएर हेरेका होलान् । केपी ओलीले भीम रावलले पनि देख्ने गरी संसदमा राखिदिनुपर्‍यो’, खतिवडाले भने, ‘विरोध गर्ने नै हो भने यो एमसीसी भन्ने नेपालका लागि फाइदा छैन भनेर संसदमा अति जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्‍यो । होइन भनेर एमसीसीको विरोध आवश्यक छैन ।’ ‘आफ्नै प्रधानमन्त्री ल्याउन लागिरहेका छन्’, उनले भने, ‘आफ्नै पार्टीकाले बिरोध गरेका छन् । विरोध गर्नेहरूले एमसीसीलाई गलत अर्थ लगाएका छन् ।’ अर्थ मन्त्रालयले टोली गठन गरेर एमसीसी ल्याउने सहमति भएको बताएका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘त्यो टोलीमा सबै राष्ट्रघाती थिएनन् होला नि ? एमसीसी हाम्रै कांग्रेसको पालामा आएको हो । ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री र शान्तराज सुवेदी अर्थ सचिव हुनुहुन्थ्यो । त्यस बेला सहमति भएको हो ।’ उनले नेपालको कानूनभन्दा एमसीसी ठूलो नरहेको बताए । ‘एमसीसीको लेखापरीक्षण नेपालमा हुन्छ । महालेखा परीक्षकले माग्यो भने जहिले पनि दिनुपर्छ’, उनले भने, ‘नेपालको संविधानभन्दा माथि कोही पनि छैन ।’ नेपाली कांग्रेसलाई कम्युनिस्टहरूले घिसारेर गणतन्त्रमा ल्याएको भन्ने आरोपहरूको खण्डन गर्दै खतिवडाले भने, ‘कांग्रेसको विधानबाट राजसंस्था झिक्न बाध्य पार्ने अरु कोही होइन राजा नै हो ।’ ‘माओवादीको हैसियत तपाइले देख्नुभएन ? २४० सिटमा चुनाव हुँदा १२१ सिट ल्याएको माओवादीका प्रचण्ड पशुपतिनाथको एउटा पुजारी आर्मीको चिफ रुक्माङ्गत कटुवाललाई निकाल्न नसकेर राजीनामा दिएर भागेको देख्नुभएन ?’, उनले प्रश्न गर्दै भने, ‘एउटा आर्मीको चिफलाई हउटान नसक्नेले राजा हटाएँ भन्दा कसैले पत्याउँछ ? तपाइले पत्याउनु भयो ?’ कांग्रेस गणतन्त्रमा आफै आएको भन्दै नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘गणतन्त्रमा कांग्रेसलाई कसैले ल्याएको होइन । भ्रममा नपर्नु होला । आफै आएको हो ।’  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६११:१७:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend