आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

धार्चेका अध्यक्षले दिए गाउँलेलाइ खुसी, देशभरिका कांग्रेसीहरू खुसी

धार्चेका अध्यक्षले दिए गाउँलेलाइ खुसी, देशभरिका कांग्रेसीहरू खुसी

  • आइतवार, माघ १९ २०७६

  • 4.7K
    SHARES

  • गोरखा - गोरखा जिल्लाको धार्चे गाउँपालिमा पर्यटन पदमार्ग माछाखोला, खोर्लावेशी र तातोपानीमा सडकमा सौर्य बत्ती जडान गरिएको छ । नेपाली कांग्रेसले जितेको धार्चे गाउँपालिकाले पर्यटक र स्थानीय सर्वसाधारणलाई आवतजावतमा सहज होस् भनेर सोलार प्रविधिको सडक बत्ती जाडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । उनले भने, ‘आठ वर्ष वारेण्टी भएका ४० वाट क्षमताका सडक बत्तीहरू जडान गरिएको छ ।’ गाउँपालिकाको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत सडक बत्ती राखिएको अध्यक्ष गुरुङले बताए । वैकल्पिक उर्जा कार्यक्रमका लागि गाउँपालिकाले १५ लाख ६५ हजार रुपियाँ बिनियोजन गरेको थियो । आठ वर्षसम्म रातदिन बल्ने बत्ती जडान गरिएको छ’, अध्यक्ष गुरुङले भने, ‘रम्बा टेक्निकल इन्टरनेशनल टेक्नोलोजीमार्फत जोडिएको सौर्य सडक बत्ती एउटा जडान गर्न ९४ हजार आठ सय रुपियाँका दरले खर्च लागेको छ ।’ सौर्य सडक बत्ती माछाखोलामा दुई ठाउँमा जडान गरिएको छ । खोर्लाबेशीमा दुई ठाउँमा बत्ती जडान गरिएको छ । तातोपानीमा एक ठाउँमा बत्ती जडान गरिएको अध्यक्ष गुरुङले बताए । एकहप्ताभित्र धार्चेडाँडामा एउटा र गुप्सीपाखाको बस्तीमा केही थान सौर्य सडक बत्ती जडान गरिनेछ । पर्यटन पदमार्गमा हिड्ने यात्रुलाई ध्यानमा राखी मोबाइल चार्ज स्टेशन पनि निर्माण गरिएको छ । सोही सोलार प्रविधिबाट मोबाइल चार्ज गर्ने गरी मोबाइल चार्जस्टेशन निर्माण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । मोबाइल चार्जस्टेशनबाट गाउँका सर्वसाधारण, पर्यटक, गाइड, भरिया, खच्चड गोठाला तथा स्थानीयले प्रयोग गर्न सक्ने गुरुङले बताए । आगामी वर्ष रुपिङ्ला (पास)मा पदमार्गमा लेक लाग्ने ठाउँमा अक्सिजन सिलिण्डर जडित सडक बत्ती जडान गरिने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए । धार्चे गाउँपालिकामा पर्यटन विकासका लागि अध्यक्ष गुरुङले विभिन्न कार्यक्रमहरू अगाडि सारेका छन् । गोरखा जिल्लाको दुर्गम गाउँपालिका भएका कारण आर्थिक अभावले कार्यक्रमहरू अगाडि बढाउन नसकिएको गुरुङले बताएका छन् । पर्यटनले भरिपूर्ण यो गाउँपालिकामा पर्यटकका लागि थोरै भएपनि पूर्वाधार निर्माण गर्न सकिए पर्यटन व्यवसायबाटै गाउँपालिका र स्थानीय जनता धनी हुने उनले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ १९ २०७६१२:५३:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend